बनेपा/नेपाल केनशिनकान कराते संघले खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट गरेको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यले खेलाडीहरुलाई प्रमाण–पत्र वितरण गर्दै खेललाई निरन्तरता दिन आग्रह गरेका थिए । खेलले मानिसलाई अनुशासित, स्वास्थ बनाउने भएकाले आफु स्वस्थ भए मात्रै घर, समाज र राष्ट्रको विकासमा सहयोग पुग्ने बताए । नगरपालिकाले नगर भित्र रहेका विभिन्न खेलहरुको संरक्षण र प्रर्बद्धन गर्दे आएको शाक्यले बताए । महिला भलिबल, फुटबल, कराँते, योग लगायतका विभिन्न क्षेत्रहरुसँग समन्वय गरी नागरीकहरुलाई स्वास्थ राख्न काम गर्दै आएको बताए । कार्यक्रममा ४५ जना खेलाडीहरुको बेल्ट प्रमोशन टेष्ट गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी संघका अध्यक्ष रहदेब पोटे लगाएतले मन्तब्य राखेका थिए ।





