2026 April 28/ 09:58: 04pm

      धुलिखेल/धुलिखेल नगरपालिकामा रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । 
     धुलिखेल नगरपालिकाका उप प्रमुख निराजन जंगमको नेतृत्वमा गरिएको अनुगममना वडा नम्बर ६ र ७ मा रहेका मासु पसलहरुको अनुगमन गरिएको हो । स्वस्थ मासु उत्पादन, भण्डारण र विक्रि वितरणलाई ध्यान दिँदै सुझावमा केन्द्रित गरिएको निराजन जंगमले बताए । सबै मासु एकै ठाउँमा भण्डारण गरेको, मासु काट्ने औजारको सरसफाईमा ध्यान नदिइएको, मूल्य सुची नराखिएको  र पसल नविकरण नगरिएको र केहि दर्ता विना नै सञ्चालनमा रहेको अनुगमनका क्रममा फेला परेको जंगमले बताए । 
      अनुगमनमा पशु सेवा कार्यालयका प्रमुख डा.सृजा वाग्ले, नगरपालिका पशु विकास शाखा अधिकृत पुरुषोत्तम हुमागाई, कर अधिकृत पुञ्जलाल श्रेष्ठ, डा. शिब प्रसाद सापकोटा,  प्राविधिक बद्री प्रसाद तिमल्सिना, हरिहर अधिकारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।