बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा तेक्वान्दो बेल्ट टेष्ट प्रमोशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ३९ जना खेलाडीले पहेलो बेल्ट र ४ जना खेलाडीले पहेंलो÷हरियो बेल्ट प्राप्त गरेका छन् । विद्यालयमा पढाईसँगै विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको विद्यालयका प्रशासन प्रमुख विक्रम प्रजापतिले बताए । विद्यालयले तेक्वान्दो, भलिबल, फुटबल, फुटसल लगायतका विभिन्न खेलकुद, खेलकुद सप्ताह, नृत्य, कविता, हाजिरीजवाफ जस्ता प्रतियोगिताहरु गर्दै आएको प्रजापतिले बताए । शिक्षासँगै विद्यार्थीहरुलाई खेलकूदले अनुशासित, स्वस्थ बनाउने भएकाले विद्यालयले खेलकूदलाई अनिवार्य बनाएको प्रजापतिले बताए ।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले बालबालिकाको आत्मविश्वास, अनुशासन र शारीरिक क्षमताको विकासका लागि खेलकुद कार्यक्रम प्रभावकारी हुने बताईन् । कार्यक्रममा शिक्षक, प्रशिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षण टोलीले विद्यार्थीहरुलाई बेल्ट प्रमोशनको प्रमाणपत्र वितरण गरेका थिए ।





