2026 April 28/ 09:58: 41pm

    बनेपा/महिला जागरण समुह बनेपा ४ शेराको आयोजनामा बनेपा नगरपालिका तथा प्रकृति रिसोर्सेस सेन्टर काठमाडौको सहयोगमा तयार गरिएको बनेपा नगरपालिकाको जलवायु स्थानीय अनुकुलन कार्य योजना प्रतिवेदन हस्तान्तरण गरिएको छ । 
    महिला नागरण समुहका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चनचन्द्र बादेको प्रमुख अाितथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, कृषि शाखा प्रमुख टंकबहादुर अधिकारी, टेवा नेपालका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ, प्रकृति रिसोर्सेस सेन्टर काठमाडौका कार्यक्रम संयोजक सन्त महर्जनले प्रतिवेदनका विषयबस्तु माथी धारणा राखेका थिए । विज्ञहरु विजय महर्जन र डा.कोमलराज गोसाईद्वारा प्रस्तुत गरिएको प्रतिवेदन संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले नगर प्रमुख शान्तिरत्न शाक्य लगायतको टिमलाई हस्तान्तरण गरेकी थिईन् । 
    संस्थाकी सचिव सविना श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मेनुका दाहालले स्वागत मन्तब्य राखेकी थिईन् । प्रतिवेदन तयारी गर्न गोदावरी इन्भारमेन्टल सर्भिससेस प्रालीले प्राविधिक सहयोग गरेको थियो । प्रतिवेदनमा स्थानीय अनुकुलन कार्ययोजनाको परिचय, बनेपा नगरपालिकाको पृष्ठभूमी, स्थानीय अनुकुलन कार्ययोजना तयारीका चरणहरु, जलवायु संकटासन्नता, जोखिम विश्लेषण तथा वस्तुगत विवरणको तयारी, बनेपा नगरपालिकाको संकटासन्नता तथा जोखिम विश्लेषण, योजना प्रकृयामा स्थानीय अनुकुलन कार्ययोजना समायोजनका सन्र्दभमा विस्तृत विवरण समावेश गरिएको छ । प्रतिवेदन तयार गर्नु अघि प्रत्येक वडामा वडा स्तरीय छलफल, नगर स्तरीय सरोकारवाला निकायसँगको अन्र्तक्रिया तथा नगर क्षेत्रमा भएका विगत वर्षहरुका अध्ययन तथा विपदका सन्दर्भमा भएका अभ्यास लगायतका तथ्यांकहरु सहित निश्कर्ष निकालिएको हो । तयार गरिएको प्रतिवेदन आगामी वर्ष देखि कार्यान्वन शुरु गरिने नगर प्रमुख शाक्यले बताए ।