2026 April 28/ 09:58: 05pm

            बनेपा/नेकपा एमाले बनेपा नगर ८ र ९ नम्बर वडा कमिटीको दोस्रो अधिबेशन नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
            प्रमुख अतिथी बास्कोटाले काभ्रेमा विकासका दिर्घकालिन योजना प्रक्रियामा गएको बताए । बनेपा नगरपालिका भित्र मात्रै धेरै योजना अगाडी बढेको बताउदै बास्कोटाले २ नम्बरको घिमिरे गाउँमा ७ करोड, अरनिको हाइवे, कोल्ड स्टोर, फिल्म सिटी जस्ता दिर्घकालीन योजना शुरु गरिएकाले समयमा नै सम्पन्न गर्न जनप्रतिनिधि, कर्मचारी लाग्नुपर्ने बताए । त्यसैगरी वडा नम्बर १३ र १४ मा एकिकृत खानेपानी, वडा नम्बर १४ मा विश्वविद्यालय निर्मामाणधीन अवस्थामा, स्वास्थ्य चौकी भवनहरु निर्माण सम्पन्न भएका छन् त्यसैले विकास तिब्र गतिमा अगाडी बढेको बास्कोटाले बताए । बाढीका कारणले बेथान्चोक, भुम्लु, मण्डनदेउपुरमा यो पटक विकासका कामलाई प्राथमिकतामा राखेको बास्कोटाले बताए ।             कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सचिबालय सदस्य कुमार तिमल्सिना, प्रदेश कमिटी सदस्य रिता ढकाल, जिल्ला अध्यक्ष राजन भुर्तेल, जिल्ला उपसचिब रत्नकुश रञ्जित, नगर अध्यक्ष नवराज मानन्धरले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य नेकपा एमाले बनेपा ९ नम्बर वडा कमिटी अध्यक्ष बुद्धिमान महतले राखेका थिए भने सभापतित्व वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष श्याम मानन्धरले गरेका थिए । अधिबेशनको बन्द सत्र बाट वडा नम्बर ९ मा बुद्धिमान महत, उपाध्यक्ष सर्मिला डंगोल, सचिब राजकुमार आलेमगर, उप सचिब जानुका पुडासैनी र कान्त प्रसाद गजुरेल निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर ८ मा श्याम मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सदस्य सरिता रायमाझीले सञ्चालन गरेकी थिईन् । 
           त्यसैगरी नेकपा एमाले बनेपा नगर कमिटी ५ नम्बर वडाको दोस्रो अधिबेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा तथा वडा कमिटी अध्यक्ष समिता थापाको सभापतित्वमा सम्पन्न भएको छ ।