2026 April 28/ 09:58: 06pm

काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसन र जिल्लाका १३ वटा स्थानीय तहहरूबीच कानुनी सहयोग, सेवा प्रवाह तथा न्याय पहुँच सुदृढीकरणका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
काभ्रे जिल्ला बार एशोसिएसनका अध्यक्ष हरिशरण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका, गाँउपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, न्यायिक समितिका संयोजकहरू, कानूनी सल्लाहकारहरू तथा बार एशोसिएसनका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रमको उद्देश्य स्थानीय तहहरूमा रहेका न्यायसम्बन्धी समस्याहरूको पहिचान, समाधानका उपाय तथा अदालत र स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ गर्नु रहेको बारका अध्यक्ष हरिशरण दाहालले राखेका थिए  । 
बार एशोसिएसनका अध्यक्ष दाहालले स्थानीय तहसँग सहकार्य गर्दै कानुनी चेतना अभिवृद्धि, वैकल्पिक विवाद समाधान, निःशुल्क कानुनी सहायता, महिला, दलित र पिछडिएको वर्गको न्यायमा पहुँच सुनिश्चित गर्नका लागि निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । अन्तक्र्रियामा सहभागी स्थानीय प्रतिनिधिहरूले न्यायिक समितिको कार्यक्षमता, स्थानिय कानुन पर्याप्त नबनेको, स्रोत साधनको अभाव, कानुनी साक्षरताको कमी जस्ता समस्या रहेको बताएका थिए ।  कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले विकास सगै पालिकालाई चाहिने कानुन निमार्ण गर्नु पर्ने बताए । कानुनको अभावका कारण सेवा दिन गाह«ो भएको ब्यान्जुले बताए । 
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, मण्डन देउपुर नगरपालिका प्रमुख टोक बहादुर वाईवा, बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, पनौती नगरपालिका उप प्रमुख गिता बञ्जारा, रोशी गाँउपालिका अध्यक्ष दिनेश लामा, महाभारत गाँउपालिका अध्यक्ष कान्छालाल तामाङ, खानिखोला गाँउपालिका अध्यक्ष छिन्ताङ तामाङ, बेथान्चोक गाँउपालिका उपाध्यक्ष तारा राना, रोशी गाँउपालिका उपाध्यक्ष मिम बहादुर वाईबा, प्रशासकिय अधिकृतहरुले समस्या र आगामी दिनमा गर्न सक्ने विषयमा मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बार एशोसियनका उपाध्यक्ष निरोज प्रसाद नेपालले राखेका थिए भने कार्यपत्र प्रस्तुत सहसचिब लालतारा अधिकारीले गरेकी थिईन् । कार्यक्रममा स्थानिय तह सगं नियमित सहकार्य र कानुनी सेवा प्रभावकारी बनाउन आवश्यक कार्य योजना बनाउने र सहजिकरण गर्ने बताईएको थियो ।