होमप्रसाद चौंलागाँईं
आजकाल सप्ताहहरुलाई ब्यवसायिकिकरण गर्न थालिएको छ । पहिले पहिले सप्ताह घर घरमा पितृ मोक्षको लागि लगाउने गरिन्थ्यो, भाउबन्दी र मोलमोलाइ हुँदैनथ्यो । आजकाल सप्ताहको लागि व्यापरिले बजार र ग्राहक खोजेजस्तो ठाउँ खोज्न र कन्ट्याकमा जाने गरिन्छ । आयोजकहरुले व्यवसाय संचालन गर्न र संख्या पु¥याउनको लागि भन्दै १०८ र आदि यत्यादि गर्ने गर्छन् ।
त्यसको अलावा वैदिक सनातन धर्मावलम्बीहरूले तीर्थ, मूर्ति, साधु, शास्त्र, मातापिता र प्रकृतिलाई देवस्वरूप मान्दछन् । शास्त्रलाई देख्दा पुण्य मिल्छ, पढ्दा ज्ञान बढ्छ, ढोग्दा पाप नाश हुन्छ, साथमा राखे सुख शान्ति प्राप्त भई आसुरी शक्तिको प्रभाव नाश हुन्छ भन्ने विश्वास लिने गरिन्छ । खास गरी प्रचलन अनुसार सप्ताहको पहिलो दिनमा हिरण्याक्षको वध गरिएको प्रकरणसम्म, दोस्रो दिन ऋषभ (पञ्चम स्कन्धको ८औँ अध्याय) सम्म, तेस्रो दिन प्रल्हादको चरित्रसम्म, चौथौँ दिन कृष्णको जन्म (दशम स्कन्धको तेस्रो अध्याय) सम्म, पाँचौँ दिन दशम स्कन्धको ५४ औँ अध्यायसम्म, छैटौँ दिन एकादश स्कन्धको १३ औँ अध्यायसम्म र सातौँ दिन द्वादश स्कन्ध (सम्पूर्ण समाप्त) गर्ने गरिन्छ । मण्डनदेउपुर नगरपालिकाको वडा नं. ७ नौविसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि संचालन भएको श्रीमद भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो । सप्ताहको ५८ औं खण्ड अन्तर्गत नौबिसेमा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा १ करोडभन्दा वढी रकम संकलन भएको छ । जेठ १८ गतेदेखि २४ गतेसम्म संचालन भएको महायज्ञमा १ करोड १ लाख २ सए ६७ रुपैयाँ रकम संकलन भएका बताइएको छ ।
सापकोटाहरुको कूल पुजा गर्ने मन्दिर बज्रयोगिनी बनाउन भनेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पहिलो दिन अर्थात जेठ १८ गते रु. १ लाख ५३ हजार २ सए ५३, दोस्रो दिन जेठ १९ गते ३ लाख ५७ हजार ९ सए ९४, तेस्रो दिन जेठ २० गते ७ लाख ३ हजार ४ सए ४०, चौथो दिन जेठ २१ गते १३ लाख ९ हजार १ सए ५८, पाँचौ दिन अर्थात जेठ २२ गते १७ लाख ३२ हजार ५ सए ३१ रुपैयाँ, छैठौं दिन अर्थात जेठ २३ गते २५ लाख ५८ हजार ५ सए ६३ र सातौं अर्थात अन्तिम दिन जेठ २४ गते रु. ३२ लाख ८५ हजार ३ सए २६ गरी जम्मा रु. १,०१,००,२६७÷– रकम संकलन भएको सप्ताह मूल ब्यवस्थापन समितिका अध्यक्ष रामहरि सापकोटाले जानकारी दिए । सप्ताहमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल प्रसाद बाँस्कोटा, सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित सांसद माधव सापकोटा (सुबोध), मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, पाँचखालका प्रमुख महेश खरेल लगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मण्डनदेउपुर नगरपालिकाका सापकोटा बन्धुहरुको कूलायन पुजा गर्ने मन्दिरको निर्माण र व्यवस्थापनको लागि उक्त कार्यक्रमको आयोजना गरिएपनि कार्यक्रमको लागि मण्डनदेउपुर आशपासका थुप्रै श्रद्धालु भक्तजनहरुले उक्त कार्यक्रमलाई महत्वका साथ हेर्दै र केहि अपनत्व समेत लिंदै दान गरेको सप्ताह आयोजक मूल समितिका बलराम सापकोटाले बताएका छन् । संविधान सभा सदस्य स्व. विदुर सापकोटाको धर्मपत्नीले बज्रयोगिनी माईको मूर्ती चढाउनु भएको कार्यक्रममा सापकोटा बन्धुहरुको उक्त कदमलाई सबैले हातमा हात र साथमा साथ गरेर कार्यक्रम भब्य बनाएको समितिको उपाध्यक्ष झलक प्रसाद पौडेलले बताए । पछिल्लो समय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञलाई एक ढंगको व्यवसायिकीकरणमा ढाल्दै लग्न थालिएको डरलाग्दो वर्तमान अवस्थालाई यो कार्यक्रमले चिर्न सफल भएको बताउन थालिएको छ । सप्ताहका मूल पण्डित पनि सापकोटा भएकोले उनले ब्यवसायिक रुपमा पैसा नपाउने गरी सम्झौता भएर कार्यक्रम सम्पन्न भएकोमा स्थानीयहरु खुसी देखिन्छन् ।





