बनेपा/बनेपा निष्ट स्कुलको कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई २ दिने सीपीडी प्रशिक्षण दिईएको छ ।
स्कुलले सिक्ने शिक्षा यात्रा भनेको विद्यार्थीहरूको लागि मात्र नभइ शिक्षकहरूको लागि पनि भएकाले प्रत्येक बर्ष शिक्षकहरुलाई उक्त प्रशिक्षण दिदै आएको प्रशासन प्रमुख पुण्य कट्टेलले बताए । शिक्षकहरुलाई काठमाडांै विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले ब्यवसायीक विकास, एआईको प्रयोग, प्रविधिको प्रयोग मार्फत सिकाई, समस्या समाधान विधिहरुका बारेमा लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । शिक्षकहरुले विद्यार्थीहरुको क्षमता, भावना, अहिले विकास हुँदै गएको प्रविधि मार्फत शिक्षण गर्नुपर्ने बताईएको थियो ।
तालिममा पूर्णकालीन, तथा आशिंक गरी सबै विषयगत शिक्षकहरुको सहभागित रहेको थियो । तालिममा स्कुलका निर्देशक राजेन्द्र घिसिङ्ग, प्रिन्सिपल दिपक भट्ट सहायक प्रिन्सिपल रजिब श्रेष्ठको उपस्थिती रहेको थियो ।





