2026 April 28/ 09:58: 38pm

बनेपा/बनेपा नगरपालिका वडा नम्वर १० जनालागमा रहेको संकल्प कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत मानव कल्याण समाजको बाल सेवा घरमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामाग्री उपलब्ध गराएको छ । 
     क्याम्पसका प्रशासन प्रमुख निरोज पाण्डेको उपस्थितीमा बाल सेवा घरमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामाग्री उपलब्ध गराईएको हो । सामाग्री हस्तान्तरण गर्दै प्रशासन प्रमुख पाण्डेले गुणस्तरीय शिक्षाका लागि क्याम्पसले गरिरहेका विभिन्न कृयाकलापका बाबजुत बालबालिकाहरुलाई थप सहयोग पु¥याउने उद्देश्यले उत्त कार्यक्रम आयोजना गरिएको बताए । बालबालिकाहरुलाई शिक्षा प्राप्तिका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।