श्रीखण्डपुर/सनलाईट बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारण सभाबाट भवसागर रञ्जीतकार अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ र सदस्यमा मेनुका थापा रहेका छन् । संस्थामा रिक्त रहेका पदमा उप–निर्वाचनबाट पदपूर्ति गरिएको निर्वाचित अध्यक्ष रञ्तिकारले बताए । साधारण सभाको उद्घाटन धुलिखेल नगरपालिका उप–प्रमुख निराजन जंगमले गरेका थिए । कार्यक्रममा पूर्व वडा अध्यक्ष गंगासागर रञ्जित, सल्लाहकार पूर्णबहादुर कर्माचार्य, जिल्ला सहकारी संघ लि.का सञ्चालक सदस्य पुर्णसागर रञ्जितकार लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र सुद्दाकारले संस्थामा ९ करोडको कारोबार रहेको, ५८ लाख शेयर पुजीं रहेको बताए । संस्थाले जेष्ठ सदस्य सम्मान, महिला, बाल सदस्यहरुलाई सम्मान, सिपमूलक तालिम प्रदान लगायत सामाजिक कार्यहरु गर्दै आएको सुद्धाकारले बताए । कार्यक्रमको सभापतित्व उपाध्यक्ष रविना मास्केले गरेकी थिईन् ।





