2026 April 28/ 08:33: 13pm

    धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।  माघ, फागुन र चैत्र महिनाको प्रगति समीक्षा सार्वजनिक गरिएको मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ । 
    यो अवधीमा मालपोत कार्यालय काभ्रेमा ३ हजार ५ सय ९५ वटा लिखत पारित भएका छन् । रजिस्ट्रेशन शुल्क अन्र्तगत सेवा शुल्क १६ करोड २४ लाख २१ हजार ९ सय १२ रुपैयाँ राजश्व संकलन भएको छ । ८ करोड ८० लाख ७१ हजार ३ सय ७५ लाभकर र १ करोड ७ लाख ६९ हजार १ रुपैयाँ आयकर गरी ९ करोड ८८ लाख ४० हजार ३ सय ७६ रुपैयाँ संकलन भएको छ । 
    छुट जग्गा दर्ताका लागि ८३ वटा आवेदन दर्ता भएका छन् भने पुर्जाको प्रतिलिपी २ सय ३७ वटा वितरण गरिएको छ । मोहीको लगत कट्टा ४ वटा भएका छन् । नामसारी पारित ४ सय ४९ वटा भएका छन् । दाखा तथा संशोधनका लागि ३ सय ३ वटा भएका छन् । हालसाविक तथा श्रेस्ता अद्यावधिकका लागि ५ सय १८ वटा भएका छन् । 
    १६ करोड २४ लाख २१ हजार ९ सय १२ रुपैयाँ राजश्व संकलन भएकोमा स्थानीय तहले ९ करोड ५८ लाख ४२ हजार ५ सय ९२ रुपैयाँ राजश्व बाँडफाँडबाट प्राप्त गरेका छन् । प्रदेशतर्फ ६ करोड ६५ लाख ७९ हजार ३ सय २० रुपैयाँ बाँडपाmँड भएको छ । सूचना अधिकारी तथा मालपोत अधिकृत रुकमागत उपाध्यायका अनुसार नागरिकहरुको सेवाका लागि नागरिक बडापत्र समेत प्रकाशन गरिएको छ ।