धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीले बृहत्त बनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष विष्णु धितालले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले नगरबासीहरु सबैलाई शुभकामना ब्यक्त गरेका थिए । नयाँ वर्षले हरेक ब्यक्तिको जीवनमा सुख, शान्ति र समृद्धी ल्याउने वातावरणका लागि नेता बास्कोटाले शुभकामना ब्यक्त गरेका थिए । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य नविना लामाले पनि बनभोजमा सहभागीहरुलाई शुभकामना ब्यक्त गरेकी थिईन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा एमाले काभ्रेका पुर्व अध्यक्ष धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु तथा एमालेबाट निर्वाचित जनप्रतिनधिहरुले धुलिखेलको विकास र समृद्धिका लागि नेकपा एमालेको सक्रियता र संगठन विस्तार महत्वपूर्ण हुने बताएका थिए ।
वनभोज कार्यक्रममा नगर भित्रका नगर कमिटी, जनबर्गिय संगठन, अगुवा कार्यकर्ता तथा विभिन्न पेशामा संलग्न नेकपा एमालेका शुभचिन्तक तथा सहयोगीहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटी, जिल्ला कमिटी तथा जिल्ला स्थित जनवर्गिय संगठनका नेताहरुको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।





