लक्ष्मण तिमल्सिना
बनेपा
काभ्रे बस प्रालीद्धारा सञ्चालित बसमा नियमित चालक महिलाले बस चलाई रहेकी छिन् । उक्त बस प्रालिले संचालन गरिहरको धुलिखेल काठमाडौ रुटमा चल्ने बसमा महिला चालक छिन् ।
श्रीमान्ले सोहि रुटमा लामो समयसम्म चालक भएकाले श्रीमती सह–चालकको रुपमा रही काम गर्दै आएकी थिईन् । महिला चालक श्रीमती गोमा प्रधानले भनिन–‘श्रीमानको हौसला, आँट र साहसमा आफ्नो मेहनतका साथै चासो रहेकाले बस संचालन गर्न सम्भव भयो ।’ श्रीमान् राजकुमार प्रधान १० वर्ष देखि नियमित बस चलाउँदै आएका थिए । श्रीमान्ले चलाएको बसमा ४÷५ वर्ष देखि उनि सह चालकको रुपमा कार्यरत थिईन् । नियमित बस चलाउन सक्षम महिला तयार गरी अवसर प्रदान गरेकोमा उनका श्रीमान राजकुमार र चालक महिला गोमालाई सम्मान गर्ने काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्यले बताए । काभ्रे बस प्रालीद्धारा सञ्चालीत २६८६ नम्बरको धुलिखेल काठमाडौ सञ्चालन हुने बस चलाई रहेको अध्यक्ष शाक्यले बताए । काभ्रे बसले चालकहरुलाई प्रोत्साहान गर्दै महिला चालकबाट अन्य महिला दिदिबहिनीहरुले केहि सिक्नु पर्ने अध्यक्ष शाक्यले बताए ।
महिलाहरुले चाहेको अवस्थामा हरेक जोखिमयुक्त काम गर्न सक्षम सक्छन भन्ने उदारणका रुपमा रहेकी गोमा प्रधानले हरेक महिला दिदीबहिनीहरुलाई सिप सिकेर आत्मनिर्भर हुन आग्रह गरिन् । बसमा सह चालकका रुपमा काम गर्दा शुरुमा केहि असहज भए पनि बिस्तारै बानी लाग्दै गएको र आफुले पनि बस चलाउन सक्छु भन्ने आत्म बिश्वास बढ्दै गएको उनले बताईन् । श्रीमान सँग बस चलाउन सिक्दै गएको र आफु सँग सिक्ने ईच्छा हुदाँ सहज भएको उनले बताईन् । काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले काभ्रेमा बस चालकका रुपमा महिला रहेको पहिलो भएको बताए । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर १ नाग्रेगगर्चे घर भएकी गोमा र उनका श्रीमान राजकुमार दशक देखि धुलिखेल बस्दै आएका छन् ।





