2026 April 28/ 08:27: 30pm

    बनेपा/बनेपामा रहेको शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र आश्रित परिवारलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत दिने उदेश्यले सम्झौता गरिएको छ । 
    शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्का, अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.एन्जला बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रहरी कर्मचारीहरु र निजका आश्रितहरुका लागि बेल भर्ना शुल्क, बेड भर्ना शुल्क, सम्पूर्ण प्याथोलेजी सेवा, रेडियोलोजी सेवा (एक्स–रे, भिडियो एक्स–रे), अपरेशन सेवा शुल्क, अन्य प्रोसिडियर शुल्कमा १५ प्रतिशत छुट दिने सहमति गरिएको छ । औषधी खरिदमा १० प्रतिशत छुट दिने सम्झौता गरिएको छ । 
    त्यस्तै बेड भर्ना शुल्क (जनरल वार्ड), बेड भर्ना शुल्क, सम्पूर्ण प्याथोलेजी सेवा, रेडियोलोजी सेवा, अपरेशन सेवा शुल्क र अन्य प्रोसिडियर शुल्कमा १५ प्रतिशत र औषधी गरिमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । अमर प्रहरी परिवारका लागि सबै ७ वटा सेवामा १० प्रतिशत छुट गर्ने सम्झौता गरिएको छ । यो सम्झौता २०८२ बैशाख १ गतेबाट लागु हुनेछ । 
    सम्झौता लगत्तै प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा प्रहरी कर्मचारीहरु मध्ये अधिकांशमा प्रेसर देखिएको डा.एन्जिला बस्नेतले जानकारी दिईन् । सम्झौता पछि नियमित रुपमा प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षणलाई अझै प्राथमिकतामा राखिने बताईएको छ ।