धुलिखेल/धुलिखेल हाई स्कुल बसुन्धरा मेमोरियल किन्डर गार्टेनको छैटौ दिक्षान्त समारोह तथा अभिभावक दिवस आयोजना गरिएको छ ।
विद्यालय संस्थापक चुनियालाल माकजु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिमसेन केसीले बालबालिकाहरुलाई दिक्षित गर्दा सानै देखि उनिहरु प्रतिको जिम्मेवारीपन, दायित्वबोध तथा आत्मविश्वास बढ्ने बताए । कार्यक्रममा ३५ जना बालबालिकाहरु दिक्षित गरिएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक अनमोल माकजु, धुलिखेल नगरपालिका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी, विद्यालय ब्यवस्थापन समिति सदस्य दिर्घराज बरुण र दिनदयाल सोंजु, प्याब्सन काभ्रेका अध्यक्ष श्यामकुमार भुजेल, विद्यालयका प्रिन्सिपल असिफ माकजु लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदान तथा बालबालिकाहरुको सिकाई अभिबृद्धीका लागि अभिभावक र विद्यालयले खेल्नु भूमिकाका बारेमा धारणा राखेका थिए । कार्यक्रममा किन्डर गार्टेन इन्चार्ज सितल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सोहि अवसरमा बालबालिकाहरुलाई विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने मार्सल आर्ट लगायतका सीपहरु प्रर्दशन गरेका थिए ।





