2026 April 28/ 07:00: 03pm

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थीहरु दीक्षित भएका छन् । 
    शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष, प्याबसन, एन. प्याब्सन, प्याब्सन नगर कमिटी अध्यक्ष, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो ।  प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै निर्देशक वैद्यले बालमैत्री वतावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दै शैक्षिक सत्र २०८२ मा पनि विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निर्माण, भावनात्मक व्यवहार, क्षमाशीलता लगायत पढाई सँग सम्बन्धित युग सुहाउदो थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गरे । 
प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हँुदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरे । प्रतिष्ठानका सहायक प्रिन्सिपल मिरा मानन्धरले एक वर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरेका थिए । एक वर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म  अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको बताए । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले दर्जनाँै भन्दा बढी विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाइमा रुचि बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नागरिक बन्नेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्तै विविध शैक्षिक तथा अतिरिक्त किृयाक्रलाप सञ्चालन गर्नमा जोड दिए ।