बनेपा/बनेपा नगरपालिका वडा नम्वर १० स्थित जनागालमा रहेको नाईटिङ्गेल एकेडेमीले कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दिक्षान्त गरेको छ । यो विद्यालयको नियमित १० औ दीक्षान्त समारोह हो । सोहि अवसरमा विद्यालयबाट २०८० को एसईईमा उर्तिण विद्यार्थीहरुलाई मायाको चिनो, बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्टरनेशनल लिडरसिप टे«ेनर तथा समाजसेवी राजु सरकारको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय प्रिन्सिपल उमा बस्नेत, सहायक प्रिन्सिपल रोजन प्रधान, विद्यालयका विभिन्न विभागका कोअडिनेटरहरु विक्रम प्रजापति र जयराम थापा तथा प्रि–प्राईमरी कोअडिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारसँगै प्रविधियुक्त शिक्षा, बालबालिकाहरुको सिकाई उपलब्धी, ब्यवहारीक तथा नैतिक र सामाजिक शिक्षा, संस्कृति र संस्कारयुक्त शिक्षाका लागि विद्यालयले उपलब्ध गराएको वातावरण लगायतका विषयमा धारणा राखेका थिए । नाईटिङ्गेल एकेडेमीले निरन्तर जिल्लामा शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै गुणस्तरमा उचाई कायम राखिरहेको छ ।
कार्यक्रममा एलकेजी उत्तिर्ण ७३ जना विद्यार्थीहरु दीक्षित गरिएको थियो । विद्यार्थीहरुले नृत्यका अलावा गीत र फेशन शो समेत प्रर्दशन गरेको कार्यक्रममा अभिभावकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । समुदाय, अभिभावक र विद्यालय परिवारको संयुक्त सहभागितामा मात्रै विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने सीप र ज्ञान उपलब्ध हुन सक्ने भन्दै विद्यालयले फरक खालको अभ्यास गरिरहेको अध्यक्ष रत्नकुश रञ्जीतले बताए । कार्यक्रममा विद्यालयको प्रथम महिला सिंजा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।





