बनेपा/महर्षी मुद्गल सान्दीपनी गुरुकुलको भूमि खरिद तथा गुरुकुलम भवन निर्माणार्थ प्रयोजनका उद्देश्यले पनौती नगरपालिका वडा नम्वर ५ नैकिनटार, श्रीखण्डपुर काभ्रेमा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ शुरु गरिएको छ ।
नवाह ज्ञान महायज्ञको उद्घाटन सिद्रकुटी आश्रमका प्रमुख स्वामी ब्रम्मानन्द जी महाराजले गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष शिवप्रसाद तिमल्सिनाले गरेका थिए भने सञ्चालन सचिब राम प्रसाद तिमल्सिनाले गरेका थिए । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
महायज्ञ आज आईतबार देखि २०८१ चैत्र २४ गतेसम्म नवाह ज्ञान महायज्ञ हुनेछ । प्रतिष्ठानका संस्थापक परामाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निःशेषानन्द गिरिजी महारजको पावन सान्निध्य तथा सत्संकल्पमा आचार्य श्री ढुण्डिराज शरण जीका मुखरविन्दबाट हुने संगीतमय श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ भैईरहेको छ । महायज्ञका लागि २०८१ चैत्र १७ गते विहान ९ बजे देखि कलशयात्रा हुनेछ भने महायज्ञ उद्घाटन सोहि दिन दिउँसो २ बजे हुनेछ । कथा वाचन २०८१ चैत्र १८ गते देखि २४ गतेसम्म विहान १०.३० देखि ४.३० सम्म हुनेछ भने आरती पुष्पाञ्जली हरेक दिन साँझ ४.३० बजे हुनेछ । यज्ञको पुर्णाहुति २०८१ चैत्र २४ गते हुने आयोजक विन्ध्यवासिनी आध्यामिक प्रतिष्ठान, काभ्रेले जानकारी दिएको छ । उक्त कार्यक्रममा सहभागि भई धार्मिक रुपमा लाभ लिन आयोजक समितिले अनुरोध गरेको छ । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सनाले गरेका थिए ।





