2026 April 28/ 06:59: 47pm

    बनेपा/‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा सम्पन्न भएको छ ।
    अध्यक्ष अमन पोटेको अध्यक्षतामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । विषयगत संघ तथा प्रारम्भिक सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु, जिल्ला सहकारी संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । २८ वटा टिमको सहभागिता रहेको उक्त कार्यक्रममा ज्योती मिर्मिरे सामुहिक साकोस पनौती प्रथम भयो । त्यस्तै इन्द्रेश्वर सहकारी दोश्रो भयो भने रोशी सहकारी तेश्रो भयो । चौथोमा सामुदायिक साकोस पनौती भयो । विजेताहरुलाई सहकारी दिवसको अवसर पारी बुधबार पुरस्कार वितरण गरिने संचालक सदस्य रोशनकुमार श्रेष्ठले बताए । कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ,  सहकारी संघका सचिव प्रकाश बञ्जारा लगायतको सहभागिता रहेको थियो । 
    विजेता टिमलाई सहकारी स्थापना दिवसको अवसर पारी बुधबार नगद, शिल्ड र प्रमाणपत्र उपलब्ध गराईएको थियो । प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार रुपैया नगद सहितको पुरस्कार उपलब्ध गराईएको हो ।