पनौती/राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा पनौतीमा साँस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ ।
पनौती उद्योग वाणिज्य संघको सहकार्यमा र पनौती नगरपालिका वडा नम्बर ७ को संरक्षकमा आगामी चैत्र २१ देखि २०८२ बैशाख ३ गते सम्म आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि धार्मिक, साँस्कृतिक, औधोगिक, हस्तकलालाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाले पत्रकार सम्मेलनमा बताए । महोत्सवमा ६० वटा स्टल रहने छन् भने स्टलमा स्थानीय उत्तपादन, कृषि र घरेलु सामाग्रीलाई प्राथमिकता दिने बताउदै पनौती नगरपालिकाका सबै वडाहरुको सहभागिता रहने ढुंगानाले बताए ।
त्यसैगरी महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागी बालउद्यान, स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगाना लगाएतले महोत्सवका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम पनौती उद्योग वाणिज्य सघंका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।





