2026 April 28/ 06:48: 01pm

    बनेपा/अर्किड ईन्टरनेश्नल एकेडेमीको १५ औ वार्षिक उत्सब, दिक्षान्त समारोह तथा अभिभाबक दिवस बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी शाक्यले अर्किड ईन्टरनेश्नल स्कुल आफैमा एउटा फुल भएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सिक्ने तरिका फरक रहेको बताए । 
    विद्यालयको प्रगती, विद्यालयमा हुने गतिविधि, मौलिकता झल्कने, अत्यन्तै सरल रुपमा सिकाउने गरिएको हुँदा सबै विद्यार्थीहरुको एउटै सिक्ने क्षमता नहुने भएकाले तह अनुसार सिकाउँदै आएकोमा नगर प्रमुख शाक्यले धन्यवाद दिएका थिए । अनुभवी, युवा समुहले सञ्चालन गरेको विद्यालय राम्रो र सफल हुने विश्वास गर्दै किताबी ज्ञान मात्रै नभई सानै बाट संस्कार, ब्यबहारिक र रुची अनुसार अध्यापन गराउनु पर्ने शाक्यले बताए । स–साना नानीबाबुहरु भनेको जे सिकायो, जस्तो संस्कार सिकायो त्यस्तै सिक्ने भएकाले भविश्यका कर्णधार बालबालिकाहरुलाई राम्रो संस्कारमा अध्यापन गराउनु पर्नेमा उनले जोड दिए । 
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल अनिता प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । विद्यालयमा प्ले ग्रुप देखी कक्षा ७ सम्म अध्यापन हुदै आएकोमा आगामी शैक्षिक सत्र २०८२ बाट कक्षा ८ सम्म अध्यापन हुने प्रजापतिले बताईन् । विद्यालयमा ब्यबहारिक ज्ञान सहित विद्यार्थीहरुको रुचि अनुसार नै अध्यापन गराउदै आएको बताईन् । वालमैत्री बाताबरणका साथ विभिन्न क्रियाकलापहरु गर्दै बाल मनोविज्ञानलाई ध्यान दिदै आएको प्रजापतिले बताईन् । 
कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल सौरभ केसीले राखेका थिए । कार्यक्रममा २४ जना बालबालिकाहरुलाई दीक्षित गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजित, उपाध्यक्ष रोशन श्रेष्ठ, सचिब रजित पलाञ्चोके, सञ्चालक सदस्यहरु, अभिावक विद्यार्थीहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राधा कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।