2026 April 28/ 06:48: 01pm

    बनेपा/ज्योति एकेडेमी ईङ्गलिस स्कुलको १८ आंै वार्षिक उत्सव, पाँचौ तथा छैठौं दीक्षान्त समारोह एवं २०८० सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीलाई विदाई कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
     कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष त्रिरत्न सायमीको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी शाक्यले विद्यार्थीहरुलाई ब्यबहारिक र सिपमुलक शिक्षा दिनुपर्ने बताए । संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरु विच शिक्षा सिकाईमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने शाक्यले बताए । बनेपा नगरपालिका शिक्षा क्षेत्रको हब भएकाले नगर भरी २७ हजार विद्यार्थीहरुले अध्ययन गर्दै आएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला सापकोटा, वडा नम्बर ८ अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नम्बर १२ अध्यक्ष रामबहादुर कुँवर, प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन केसी, प्याब्सनका जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, प्याब्सनका सल्लाहकार महेन्द्र थिङ्ग, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रममा स्वागत मन्तब्य तथा वार्षिक प्रतिवेदन प्रिन्सिपल महेन्द्र विष्टले प्रस्तुत गरेका थिए । विष्टले २३ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा शैक्षिक सत्र २०८१ मा ४ सय ५० जनाले अध्ययन गरिरहेको बताए । विद्यालयले पढाईसँगै विद्यार्थीहरुले सिकेको कुरालाई ब्यबहारमा उतार्न शैक्षिक प्रर्दशनी, चित्रकला, संगीत, शैक्षिक भ्रमण, जीवन उपयोगी शिक्षा, सामाजिक, नैतिकवान्, शिक्षा प्रदान गर्दै आएको विष्टले बताए । विद्यार्थीहरुलाई आगामी शैक्षिक सत्र २०८२ बाट विहान ९ बजे देखी १० बजे सम्म अतिरिक्त कक्षाको ब्यबस्था गरिएको, कक्षा ११ सञ्चालन गरिने, विद्यालयको आफ्नै भुकम्प प्रतिरोधात्मक भवन भएको, प¥याप्त खेल मैदान, ४ हजार थान पुस्तकालय लगायतको सुविधा रहेको बताए । 
कार्यक्रममा २०८० मा उत्तिर्ण हुने विद्यार्थीहरुलाई विदाई गरिएको थियो भने उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी, विज्ञान मेलाको उत्कृष्ट प्रदर्शनी देखाउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।