बनेपा/ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको चौथो एल्वम शिव भजन सार्वजनिक भएको छ । शिव भजन, भोले नाथ, शिवरात्री, पशुपतिनाथका बारेमा चर्चा गरिएको उक्त एल्वम पोखरेलले आफ्नै युटुव च्यानल अच्युनानन्दबाट सार्वजनिक गरेका हुन् ।
स्वर, संगित र शब्द स्वंय ॐ अच्यूतानन्दको रहेको उक्त एल्वममा बालकृष्ण सेवाचार्यले म्युजिक एरेन्ज गरेका छन् । भावना थापा गैरे लगायतले एल्वम प्रकाशनमा सहयोग पु¥याएका छन् । ‘ॐ नमो भगवते पंचमुखि महांरुद्राय नमः पुर्व दिशा मुख तिम्रो तत्पुरुष नाम, पित वर्ण स्वरुप छ सृष्टि गर्छाै काम, जय शिव शंकर पशुपतिनाथ, तिमै छौ र ह्दयमै सबको चल्छ श्वास, डम डम डम डम डम्मरु बजाउँदै, अलक निरन्जन भन्दै आफैमा रमाउँदै हाम्रो भोलेबाबा पशुपतिनाथ, हे हे चन्द्र मौले अनाथका नाथ’ जस्ता शब्दहरु गितमा समावेश गरिएको छ । छोटो अवधीमा भजन सुन्ने र प्रतिक्रिया जनाउनेहरुको संख्या थुप्रै भएको छ ।
ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलले तेश्रो एल्वम ‘पहिरो’ सार्वजनिक गरेका थिए । २०८१ जेठमा पहिरो ल्याएका पोखरेलले माघ महिनाको अन्तिममा शिव भजन ल्याएका थिए । युटुवमा अच्यूतानन्द च्यानलबाट पहिरो नामक गितमा जताततै पहिरो, पिर प¥यो गहिरो लगायतका शब्दहरु राखेर भिडियो सहितको एल्वम सार्वजनिक गरिएको थियो । ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको दोश्रो एल्वम दुर्गा भजन जय श्री कालीका नामबाट सार्वजनिक गरिएको थियो । ७ वर्ष अघि उनले जय काली नामक भजन बजारमा ल्याएका थिए । त्यतिबेला ४ मिनेट २७ सेकेन्डको भजन पछिल्लो चरणमा ८ मिनेट ५० सेकेन्ड लामो थियो । दुर्गा नामक भजनमा नेपालका विभिन्न मठ मन्दिरहरुमा गरिने दुर्गाको पुजा र आराधनाका बारेमा ब्याख्या गरिएको थियो ।
शिव भजनको भिडियो सुटिङ्ग धनेश्वर महादेवको मन्दिरमा गरिएको हो । उक्त भजन ५.२० सेकेन्डको छ । अच्यूतानन्द काभ्रेबाट प्रकाशित हुने प्रदेश स्तरको क श्रेणीको साप्ताहिक चेष्टाका नियमित स्तम्भकार हुन भने मदानी विट डट कमका पनि स्तम्भकार छन् । दशकौ देखि उनी संचारमाध्यम मार्फत पाठक र श्रोताहरुलाई सामाजिक जागरणको अभियान संचालन गरिरहेका छन् । शिवरात्रीका दिन उक्त एल्वम सुन्ने र हेर्नेहरुको संख्या थपिएको छ ।
भजन यो लिंकबाट सुन्न सकिने छ - https://www.youtube.com/watch?v=wfHSU9bH85E





