धुलिखेल/१८६१ माघ १ गते गोरखा जिल्लामा स्थापना भएको नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट बाग्लुङ जाने तयारीमा छ । २०७७ माघ २५ देखि काभ्रेमा कार्यरत रहेको कालीजंग गणले महाशिवरात्री तथा सेना दिवसको अवसर पारी बृहत्त फोटो प्रर्दशनी आयोजना गरेको छ । प्रर्दशनीमा सर्वसाधारण तथा विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । धुलिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको श्री नम्वर २६ नम्वर बाहिनीका बाहिनीपति सहायक रथी अशोक गुरुङ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, गणपति एवं प्रमुख सेनानी शिवबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, सेनाका पुर्व अवकाश प्राप्त विभिन्न दर्जाका ब्यक्तिहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रर्दशनीमा नेपाली सेनाको इतिहास, कालीजंग गणको स्थापना देखि हालसम्म विभिन्न जिल्लामा रहँदा गरेका गतिविधिहरु, सेनाको पोशाक, विभिन्न जातजाति झल्काउने पोशाक, इक्युमेन्ट तथा डेमोस्ट्रेसन, नेपाली सेनामा प्रयोग हुने सिग्नल तथा उपकरणहरु, विपदमा प्रयोग हुने सामाग्रीहरु, विपद प्रतिकार्य सामाग्री, विपद सम्वन्धी जानकारी मुलक भिडियो तथा तस्विरहरु, नेपाली सेनामा महिला सैनीकहरुले खेलकुद, युएन मिसन लगायतका क्षेत्रमा पु¥याएका योगदानका तस्विरहरु लगायतका बारेमा प्रर्दशनीमा जानकारी गराईएको छ ।
कालीजंग गण स्थापनाको चार वर्ष पुरा गरी वागलुङमा सरुवा भएको छ । फागुन २२ देखि क्रमिक रुपमा बागलुङ जाने तयारीमा रहेको कालीजंग गणले काभ्रेपलाञ्चोक जिल्लामा रहँदा विपद लगायतका क्षेत्रमा नागरिकहरुसँगको सहकार्य, स्थानीय सरकारसँगको समन्वयमा तदारुकताका साथ कार्य गरेको थियो । कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले प्रर्दशनीले नेपाली सेनाको इतिहास तथा नेपालमा पु¥याएको योगदानका बारेमा जानकारी गराएका थिए ।





