बनेपा/काँठु बचत तथा ऋण सहकारी संस्थाको २२ आंै स्थापना दिवसका अवसरमा खुल्ला रक्तदानको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा उक्त रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष हरिगोपाल मानन्धरले बताए । रगतको अभाव भैईरहेको अवस्थामा संस्थाले गत वर्ष जस्तै यस वर्षमा पनि रक्तदान गरेको मानन्धरले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, स्वास्थ्य शिविर, सरसफाई लगाएतका विभिन्न सामाजिक कार्यहरु गर्दे आएको मानन्धरले बताए । रक्तदान १६ जनाले गरेका थिए भने कार्यक्रममा संस्थाका अध्यक्ष हरिगोपाल मानन्धर, निर्वतमान अध्यक्ष त्रिरत्न मानन्धर, सञ्चालक सदस्यहरु, लेखा समिति सदस्य लगायतको उपस्थिती रहेको प्रबन्धक बलराम धौगोडाले बताए ।





