2026 April 28/ 05:25: 18pm

    धुलिखेल/नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको कार्यमुलक बैठक काभ्रे शाखाको आतिथ्यतामा धुलिखेलमा शुरु भएको छ । दुई दिनसम्म संचालन भएको बैठक महासंघको तीन वर्षे रणनीतिक कार्ययोजना निर्माणमा केन्द्रित हुँदै धुलिखेल घोषणापत्र जारी गर्दै सकिएको छ । 
    धुलिखेल लज रिसोर्टमा आयोजित बैठकमा महासंघमा निर्वाचित कार्य समितिका सबै पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा आयोजित बैठकमा महासचिव रामप्रसाद दाहालले बैठकका एजेन्डाहरु प्रस्तुत गरेका थिए । उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको उक्त बैठकमा जिल्ला शाखा अध्यक्ष विनोद न्यौपानेले स्वागत गरेका थिए । बैठकमा महासंघको संगठनात्मक संरचनालाई बलियो बनाउँदै महासंघ प्रतिको विश्वासलाई गर्विलो र भरपर्दाे बनाउन महासंघले खेल्नु पर्ने भूमिका, प्रदेश र जिल्ला शाखाहरुलाई बलियो बनाउन विद्यानतः भएको ब्यवस्थालाई कार्यान्वनय गर्न, पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न, प्रेस स्वतन्त्रताका पक्षमा सक्रिय हुन तथा नागरिकहरुका हक अधिकारलाई शशक्त रुपमा उठाउन महासंघ तथा महासंघ अन्र्तगतका सबै प्रतिष्ठान शाखा समेतलाई सशक्त बनाउने गरी बैठकमा छलफल गरिएको थियो ।