बनेपा/राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा विभिन्न मुलुक अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श केन्द्र खोल्ने क्रम बढिरहेको छ ।
बनेपा र आसपासमा मात्रै ७० वटा भन्दा धेरै शैक्षिक परामर्श केन्द्र संचालनमा रहेको इक्यानका अध्यक्ष भुवन रायमाझीले बताए । विद्यार्थीहरुले विभिन्न मुलुक अध्ययन गर्न जाने क्रममा सहजिकरण तथा सहजताका लागि परामर्श केन्द्रहरुले सेवा उपलब्ध गराईरहेको उनले बताए । बनेपा नगरपालिका वडा नम्वर ७ चारदोवाटो चोकबाट अस्पताल जाने सडकमा बनेपा प्लाजाको तेश्रो तल्लामा सोमबार सरस्वती पूजाको अवसर पारी युवाहरुको एक समुहले सुपर लाईफ एजुकेशनले कन्सल्टेन्सी संचालनमा ल्याएको छ । इक्यानका अध्यक्ष रायमाझीले विद्यार्थीहरुले विदेश मुलुकहरुका सन्दर्भमा स्पष्ट जानकारी, भविश्यमा हुन सक्ने सम्भावित अवसर तथा जोखिम तथा विद्यार्थीको भविश्यका बारेमा जानकारी गराउँदै गुणस्तरीय सेवा प्रदान गर्न सुपर लाईफलाई शुभकामना दिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष भोजराज तिमल्सिना लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सोहि अवसरमा सहभागिता रहेको थियो ।
उक्त कन्सल्टेन्सीले अष्ट्रेलिया, जापान, बेलायत, न्यूजिल्याण्ड,क्यानाडा,अमेरिका,कोरिया लगायतका देशमा अध्ययनका लागि विद्यार्थीहरुलाई शैक्षिक परामर्श सहित पठाउने छ । अध्ययनका लागि बिभिन्न देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिम प्रदान गरिने संचालक सुशील थापाले बताए । उक्त कन्सल्टेन्सीमा आशिष केसी, राकेश लामा लगायतका युवाहरुको सहभागिता रहेको छ ।





