बनेपा/ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को बनेपा सेवा केन्द्र गोदामचोकबाट पनौती रोड काभ्रेपलाञ्चोक जिल्ला बचत संघ रहेको घरमा स्थान्तरण भएको छ ।
कार्यालयको उद्घाटन गर्दै साकोसका अध्यक्ष तथा बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धब सापकोटाले सहकारीको सदस्यको विस्तार सँगै कार्यलयलाई थप ब्यबस्थित बनाएको बताए । सहकारीमा २१ हजार सदस्यहरुलाई सेवा दिईरहेको र मुख्य कार्यलय समेत गरी ८ वटा सेवाकेन्द्र रहेको बताए । बनेपा सेवा केन्द्र बाट धुलिखेल, मण्डन, भुम्लु पाँचखाल भकुण्डेका सदस्यहरुलाई सेवा प्रदानका लागी सहज हुने बताए । संस्थाले सहकारीको मुल्य र मान्यता भित्र रहेर काम गर्दे आएको र नेपालकै नमुना संस्थाको रुपमा रहेको बताए ।
संस्था सञ्चालन पद्दति, ब्यबस्थापन, नीति कार्यक्रमहरु सदस्य लक्षित भएकाले नै उक्त स्थानमा आउन सफल भएको सापकोटाले बताए । बचत तथा ऋणको मात्रै काम नगरी सदस्यहरुलाई विभिन्न सेवा सुविधाहरु प्रदान गरेको, विभिन्न शिपमुलक तालिम प्रदान गरी सदस्यहरुलाई उद्यमी बनाउनका लागी परेको बताए । उत्पादन र ब्यबसायलाई जोडनका निम्ति सदस्यहरुका बिचमा काम गर्दै आएको सापकोटाले बताए । कार्यक्रममा संस्थाका सञ्चालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।





