2026 April 28/ 04:08: 22pm

बनेपा/काभ्रेली प्रगतिशील, देशभक्त र लोकतान्त्रिक बुद्धिजीवीहरुलाई नेपाल बुद्धिजीवी परिषद्मा आवद्ध भई देश, जिल्ला र समाजको पक्षमा योगदान पु-याउन महाअभियानमा सामेल हुनु नेपाल बुद्धिजीवी परिषद् काभ्रेपलाञ्चोक जिल्ला समितिले आब्हादन गरेको छ । 
    भर्खरै सम्पन्न जिल्ला अधिबेशनबाट निर्वाचित समितिका अध्यक्ष केशव थापा र सचिव भिमसेन केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘आफ्नो ज्ञान, सीप, क्षमता, अनुभव, दक्षता र समयलाई तथ्य, तथ्याङ्क र विरासतको आधारमा काभ्रे जिल्लाको सामथ्र्य, सम्भावना, विशेषता र आवश्यकतालाई पर्गेल्दै वैज्ञानिक मूल्य, मान्यता र सिद्धान्तको जगमा यस जिल्लालाई समृद्धिको मार्ग डोहो¥याउने संभावित उपयुक्त उपायहरुको पहिचान गरी स्थानीय, प्रदेश तथा संघीय सरकार एवं सम्बन्धित अन्यको ध्यानाकर्षण गर्ने काममा यो परिषद् सदैव क्रियाशील रहनेछ । आफ्नो आलोचनात्मक चेतलाई कहिल्यै अराजक बन्न नदिने र क्षुद्र स्वार्थकालागि बन्धक पनि नराखी निडरतापूर्वक राष्ट्रिय स्वाभिमानको जगेर्ना र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रही  प्रतिगमन र निरङ्कुशताको खिलाफमा यो परिषद् सदैव उभिने वाचा गर्दछ । इमानकासाथ विधिको शासनको पालनागर्दा स्वतः न्यूनहुने सहोत्पादनको रुपमा देखापरेका केही अपवादलाई छाड्दा राजनीतिक क्रान्तिको चरण समाप्त भएको वर्तमान अवस्थामा मिहिनेतकस जनताको जीवनस्तर गुणात्मकरुपले उकास्ने प्रगतिशील आर्थिक क्रान्ति अर्थात न्यायपूर्ण समृद्धि अहिलेको ज्वलन्त आवश्यकता हो भन्ने यो परिषद्को ठहर रहेको छ । तसर्थ, यो परिषद् माक्र्सवाद–लेलिनवाद र जनताको वहुदलीय जनवादको आलोकमा न्यायपूर्ण वितरणको पक्षपोषण गर्ने समाजवादोन्मुख अर्थतन्त्रको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्दछ ।  नेपालको संविधानले परिकल्पना गरेको जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमार्फत समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माणमा सहयोगी शक्तिको रुपमा योगदान गर्न सदैव तत्पर रहने छ ।  सबैखाले विभेद र शोषण विरोधी नेपाल बुद्धिजीवी परिषद् एकतामा नै बल हुने तथ्यलाई हृदयङ्गम गर्दै सम्पूर्ण काभ्रेली प्रगतिशील, देशभक्त र लोकतान्त्रिक बुद्धिजीवीहरुलाई निसङ्कोचरुपले यस परिषद्मा आवद्ध भै देश, जिल्ला र समाजको पक्षमा सार्थक योगदान पु¥याउने महाअभियानमा सामेल हुनुहुन हार्दिक आव्हान गर्दछ ।’  
वि.सं. २०४७ सालमा स्थापना भई समयसमयमा आइलागेका अनेकानेक सहज÷असहज अवस्थालाई चिर्दै अनवरत क्रियाशील नेपाल बुद्धिजीवी परिषद् काभ्रेपलाञ्चोक जिल्लाको दशौं जिल्ला सम्मेलन प्रगतिशील, देशभक्त र लोकतान्त्रिक बुद्धिजीवीहरुको व्यापक सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनलाई असाधरणरुपले सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि गोकुल बाँस्कोटा, नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय समिति र वागमती प्रदेशका पदाधिकारीहरु, सम्मानित व्यक्तित्व, नेपाल बुद्धिजीवी परिषद्, काभ्रेपलाञ्चोक जिल्ला समितिका पूर्व अध्यक्षहरु, सञ्चारकमी, आमन्त्रित व्यक्तित्व र सहभागी सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गरेको छ ।