2026 April 28/ 03:40: 40pm

         धुलिखेल/राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा नेपाल निजामती कर्मचारी सगंठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
         प्रमुख अतिथी कोईरालाले नेपाल सरकारले समयमै निजामती ऐन नल्याँउदा कर्मचारीहरुलाई समस्या परेको बताए । संविधान जारी भएसँगै निजामती ऐन आउनु पर्नेमा ९ वर्ष सम्म पनि ऐन नआँउदा कर्मचारीहरु अन्यौलमा रहेको बताए । कोईरालाले सबै कर्मचारी संगठनहरु मिलेर संघीय सरकारलाई दवाब दिईएकाले आगामी बस्ने संसद्मा ऐन आउने विश्वास लिएको बताए । निजामती कर्मचारीहरुलाई राज्यले दिईएको तलब सुविधा पर्याप्त नभएका कारण कर्मचारीहरुलाई नियमित बचत गर्ने बानीको विकास गराई आर्थिक अवस्था सबल बनाउने नीति रहेको बताए । 
          ‘राष्ट्रसेवक हामी र हाम्रो सहकारी’ भन्ने नारा तय गरी राष्ट्रसेवक सहकारी संस्थाहरु हालसम्म ६९ जिल्लामा विस्तार भई ३ अर्ब भन्दा बढीको पुजीं परिचालन गर्दै १ सय ५० भन्दा बढीलाई रोजगारी दिन सफल भएको कोईरालाले बताए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष मोहनलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १६ लाख २६ हजार ८ सय, बचत रकम ५७ लाख ४४ हजार, कुल कारोबार ७८ लाख ९ हजार ४ सय रहेको जनाएका छन् । संस्थाको लेखा सुपरीबेक्षण समितिको प्रतिबेदन संयोजक राजेन्द्र प्रसाद बजगाईले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका पूर्व अध्यक्ष तथा नेपाल निजामती कर्मचारी संगठन काभ्रेका अध्यक्ष गायत्रीरमण घिमिरेले राखेका थिए । 
            कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय रेवन्त गौतम, उप–महासचिव रामचन्द्र अधिकारी, विजया सुबेदी, केन्द्रिय लेखा आयोग समितका सिताराम घिमिरे, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासीनी, निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य भवानी हुमागाई, स्वास्थ्य प्राविधिक सघंका सन्दिप केसी, पेशागत महासंघका जिल्ला अध्यक्ष केशब काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए  । कार्यक्रम संस्थाका अध्यक्ष मोहनलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।