नेपाल राष्ट्रिय शिक्षक संगठनले माघ १९ भित्र स्थानीय तहको अधिबेशन सम्पन्न गर्दैछ भने फागुन १६ र १७ गते जिल्ला अधिबेशन आयोजना गरेको छ । बैशाख ५ र ६ गते राष्ट्रिय महाधिबेशन हुँदैछ । हालसम्म जिल्लाको धुलिखेल, बनेपा, नमोबुद्ध, खानीखोला, महाभारत र चौरीदेउरालीमा अधिबेशन सम्पन्न गरेको छ ।
धुलिखेल/नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिको तेश्रो नगर अधिबेशन सम्पन्न भएको छ । नगर समिति अध्यक्ष रुपेश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला कमिटी अध्यक्ष, धुलिखेल नगर पालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिबेशनको बन्द सत्रले श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उद्धव तिमल्सिना खुल्ला उपाध्यक्ष, दुर्गा लक्ष्मी खड्गी महिला उपाध्यक्ष, नवराज बडाल सचिव, गोविन्द घोरासैनी कोषाध्यक्ष, इन्दिरा हुमागाई सह–सचिव र कमला न्यौपाने सह कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा राजेन्द्र बस्नेत, मोहन थापा, पुस्कर हुमागाई, दिलिप सापकोटा, दिपक धिताल, सन्तोष सापकोटा, नारायण अधिकारी, अच्युत दाहाल, श्रीदास लामा रहेका छन् । महिला सदस्यहरुमा सरिता थापा, सिता गजुरेल, रोमा राई, संगिता सुवेदी, शुशिला बजगाई र शशिकला काफ्ले रहेका छन् । त्यस्तै समावेशी सदस्यमा नरेशराम दमाई लगायत छन् ।
अधिबेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख आतिथी अशोक ब्याञ्जुले शिक्षकहरुले पेशागत हितसँगै शैक्षिक गुणस्तरका लागि नयाँ र उच्चतम प्रविधिको प्रयोग गर्दै ज्ञान र सिप प्रदान गर्नुपर्ने बताए । शिक्षकहरुको विकास जति धेरै हुन सक्यो त्यति विद्यार्थीहरुलाई सिकाईमा सहज हुने भएकाले धुलिखेल नगरपालिकाले शिक्षा क्षेत्रमा गरिएका नविनतम अभ्यासका बारेमा जानकारी गराए । शिक्षक संगठनकी केन्द्रिय नेता सुभद्रा अधिकारीले शिक्षकहरुको पेशागत हितका लागि शिक्षा ऐन तत्कालै जारी हुन आवश्यक रहेको बताउँदै पेशागत संरक्षणका लागि पनि ऐन आवश्यक रहेको बताईन् । जिल्ला अध्यक्ष भिमसेन हुमागाईले संगठनको आवश्यकता, औचित्य र इतिहासका बारेमा बताउँदै संगठनले खेलिरहेको भूमिकामा साथ दिन अनुरोध गरे । कार्यक्रममा एमाले धुलिखेल नगर कमिटीका अध्यक्ष विष्णु धिताल, उप–सचिव एवं धुलिखेल नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा अध्यक्ष गणेश आचार्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम उद्धव तिमल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले माघ १९ भित्र स्थानीय तहको अधिबेशन सम्पन्न गर्दैछ भने फागुन १६ र १७ गते जिल्ला अधिबेशन आयोजना गरेको छ । बैशाख ५ र ६ गते राष्ट्रिय महाधिबेशन हुँदैछ । हालसम्म जिल्लामा रहेका १३ पालिका मध्ये बनेपामा श्याम मानन्धर, नमोबुद्धमा कमलबहादुर चिमौरिया र खानीखोलामा गोपाल तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । त्यस्तै महाभारतमा बाबुलाल वाईवाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । चौरीदेउरालीमा राजिव लामाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । पालिका स्तरीय अधिबेशन धमाधम हुँदै गरेको जिल्ला अध्यक्ष भिमसेन हुमागाईले बताए ।





