2026 April 28/ 03:40: 47pm

    देवीटार, धुलिखेल/नेकपा एमाले काभ्रे जिल्ला कमिटीको अधिबेशनमा नयाँ नेतृत्व चुनिएसँगै पालिका, वडा र टोल कमिटीको अधिबेशनमा केन्द्रित भएको छ । पालिका कमिटीहरुको धमाधम अधिबेशन भईरहेका बेला धुलिखेल नगर कमिटी अन्तर्गत वडा नम्वर १ को अधिबेशन शनिबार सम्पन्न भएको छ । 
    अधिबेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । अधिबेशनको उद्घाटन सत्रमा एमालेका प्रदेश, जिल्ला, नगर तथा वडास्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एमाले काभ्रेका पूर्व अध्यक्ष एवं प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य रिता ढकाल, जिल्ला कमिटी सदस्य एवं देवप्रसाद कोईराला, जिल्ला कमिटी सचिवालय सदस्यहरु, जिल्लास्थित जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, नगर कमिटी अध्यक्ष विष्णु धिताल, पूर्व नगर कमिटी अध्यक्ष दयाराम महत लगायतको सहभागिता रहेको थियो । उद्घाटन सत्र ज्ञानबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । 
    अधिबेशनको बन्द सत्रले लाक्पा लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कमिटीमा उपाध्यक्ष प्रताप तामाङ, सचिव चन्द्र बहादुर तामाङ, खुल्ला उप सचिव दुर्गाबहादुर तामाङ, महिला उप सचिव निरमाया तामाङ, युवा सदस्य दिपक भट्टराई, सन्जय तामाङ, रमेश तामाङ, उत्पीडित सदस्य कल्पना मिजार, मानकुमार बिक, महिला सदस्य पञ्चमाया तामाङ, कुमारी तामाङ, गिता बजगाई, भगवती घोरसाईने, चमेली तामाङ, सम्झना तामाङ, टंकध्वज कार्की, सानु सन्त बहादुर तामाङ, बिक्रम तामाङ, इन्द्र बहादुर तामाङ, सुर्यबहादुर मोक्तान रहेका छन् ।