पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वर्ष २०८१ सन्दर्भमा आयोजित अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा तथा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।
प्रतियोगितामा सामुदायिक साकोस, विन्धवासिनी साकोस, बुडोल सामुदायिक साकोस, आर्थिक विकास मित्र साकोस, उद्यम विकास साकोस, रोशी साकोस र ज्योति मिर्मिरे सामूहिक साकोस सहित ७ वटा संस्थाको सहभागिता रहेको थियो । नक आउट चरणमा खेलाईएको उक्त खेलमा पाँचखाल नगरपालिका वडा नं ४ स्थित आर्थिक विकास मित्र साकोस प्रथम, पनौती नगरपालिका वडा नं ६ ज्योति मिर्मिरे सामूहिक साकोस द्धितिय, सामुदायिक साकोस तृतीय पनौती र उद्यम विकास साकोस पनौती सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने संस्थालाई ट्रफि, मेडल र सहभागी संस्थाहरुलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष दिपकप्रसाद दाहालले सहकारीहरुले उक्त प्रतियोगिताबाट सहकारी सहकारीविच एकता, भावनात्मक सम्बन्ध हुने बताए । केही सहकारीहरुका कारण सहकारीहरुलाई हेर्ने दृष्टिकोण फरक भएपनि सबै सहकारीहरु त्यस्तो नभएको बताए । प्रतियोगिताको रेफ्रीको रुपमा सिजन सुधाकर र अजयसिंह खड्का रहेका थिए ।
कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण संस्था, सञ्चालक समितका पदाधिकारी कर्मचारी, मेनेजर्स क्लब काभ्रेका अध्यक्ष, सचिव लगायतको सहभागिता रहेको थियो ।
सेवाकेन्द्रका उपसमितिलाई अनुशिक्षण
बनेपा÷संस्थामा गठन गरिएका सदस्यहरुलाई सपथ तथा सेवा केन्द्र उप–समितिका पदाधिकारीहरुको अनुशिक्षण कार्यक्रम संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा ८ वटा सेवा केन्द्रका उप–समिति पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थागत जानकारी एवं सेवा केन्द्र सञ्चालन उप–समितिको काम, कर्तव्य अधिकारका विषयमा जानकारी जानकारी गराएका थिए । संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सेवा केन्द्र उप समिति र उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन व्यवसाय विभाग प्रमुख पुरुषोत्तम दाहालले गरेका थिए । संस्थाका अध्यक्ष उद्धब प्रसाद सापकोटाले सहकारीको ऐन नियम अन्र्तगत र सहकारीको नियम भन्दा बाहिर नजान आग्रह गरेका थिए ।





