2026 April 28/ 03:40: 38pm

          जनागाल/संकल्प कलेज बनेपाले  वि. आई. एम तथा वि. एच. एम मा भर्ना भएका दोस्रो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ । 
          हिमालय दृष्य रिर्सोटमा धुलिखेलमा भएको उक्त कार्यक्रममा कलेजका सञ्चालक समितिका अध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल रजिब श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । कलेजका शिक्षा निर्देशक डुलराज चिमौरियाले काभ्रे जिल्लामै उक्त विषयका अध्ययापन हुने पहिलो कलेज भएको बताए । काभ्रे तथा आसपासका जिल्ला बाट  विद्यार्थीहरुलाई  उक्त विषयहरु अध्यापन गर्न उपत्यका जानु पर्ने बाध्यता बाट संकल्प कलेजले धेरै राहत मिलेको चिमौरियाले बताए । विद्यार्थीहरुको रोजाई तथा प्राविधिक धारतर्फ विद्यार्थीहरुलाई अध्यन गर्दे रोजगारीको सम्भावाना भएको विषय रहेको बताइएको थियो  । 
          बि.आई.एम विषयमा ६६ जना तथा वि.एच. एम मा ३२ जना ले भर्ना गरेको प्रशासन प्रमुख निरोज पाण्डेले बताए । पहिलो वर्ष ३९ जना विद्यार्थीहरुले भर्ना गरेका थिए भने दोस्रो वर्ष ९८ जनाले भर्ना गरेको पाण्डेले बताए । त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा सम्पुर्ण सुविधा सम्पन्न, पर्याप्त खेलकुद, फुटसल लगाएतका सुविधाहरु रहेको वताईएको छ । कार्यक्रममा कलेजका आर के दाहाल, विद्यार्थी श्वेता गौतम लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।