2026 April 28/ 03:41: 47pm

पनौती/एसओएस हर्मन माइनर विद्यालय काभ्रेद्वारा २०८१ पुस १४ गतेबाट वार्षिक रूपमा सञ्चालन भएको खेलकुद सप्ताह सम्पन्न भएको छ । 
    खेलकूद सप्ताह कार्यक्रमको सभापतित्व एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजुले गरेका थिए । कार्यक्रममा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर आचार्यले राखेका थिए । कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक उपेन्द्र मल्ल ‘तारा’, युवालयका निर्देशक नरेशशङ्कर प्रधानाङ्ग, वडा सदस्य प्रेमबहादुर कुँवर, वडाकी बालमैत्री सहजकर्ता गीता तिमल्सिना, परिवार सुदृढीकरण कार्यक्रमका इन्चार्ज प्रकाश अर्याल, विजयादेवी पोखरेल लगायतका अतिथीहरूको भव्य उपस्थिति रहेको थियो । नगर प्रमुख भण्डारीले खेलले विद्यार्थीको भविष्यलाई अझ सुन्दर बनाउने बताए । नगर प्रमुख भण्डारीले विद्यालयले विद्यालयले राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको बताउँदै खेलाडीलाई हौसला दिए । खेलकुदमा कहिल्यै कसैको हार नहुने नायब राष्ट्रिय निर्देशक ताराले खेलाडीलाई उत्प्रेरणा दिए ।
    कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, एरोविक्स प्रस्तुति र स्वागत नृत्य प्रस्तुत गरेका थिए । २०८१ सालको खेलकुद सप्ताह समारोह एसओएस हर्मनमाइनर विद्यालय काभ्रेको आफ्नै खेल मैदानमा पुस १९ सम्म बुद्धिचाल, खोखो, भलिबल, फुटबल, हाइजम्प, लङजम्प, बास्केटबल लगायतका तीन दर्जनभन्दा बढी खेलहरूको भव्य आयोजना गरिएको प्राचार्य नरेश्वर आचार्यले बताए ।