2026 April 28/ 02:37: 16pm

    पाँचखाल/ज्ञानेश्वरी माध्यमिक विद्यालय पाँचखाल १, अनेकोट, काभ्रेपलाञ्चोकमा विज्ञान विषयमा आधारित रहेर तयार गरिएका शैक्षिक सामाग्री प्रर्दशन गरिएको छ । 
    पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदयप्रसाद कोइराला र विज्ञान विषय विज्ञ माधवप्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक राजन राईको विशेष आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर तामाङको अध्यक्षतामा विद्यालयको वार्षिक कार्ययोजना अनुसार विज्ञान विषय शैक्षिक प्रदर्शनी आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले बताए । विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा सिकाईलाई ब्यवहारमा देखाउने उदेश्यले विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक सामाग्रीको प्रदर्शन गरेको सहायक प्रधानाध्यापक कँडेलले बताए । 
    शैक्षिक प्रर्दशनी कार्यक्रममा पाँचखाल नगरपालिकाका वडा नम्वर १ र २ का वडाध्यक्षहरु, पाँचखाल नगरपालिका भित्र रहेका  सर्वमंगला मा. वि., जोरपाटी मा. वि, आजाद मा.वि., कालिका मा.वि., ज्ञानोदय आ.वि., श्रृजना आ.वि लगायत अन्य विद्यालयका करीब ४ सय भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३६ वटा सामाग्रीको प्रदर्शन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुृख महेश खरेलले विद्यार्थीहरुले शैक्षिक प्रर्दशनमा राखेको ज्वालामुखी विष्फोटको नमुना प्रस्तुत गरेका थिए । विद्यार्थीले अध्ययनलाइृ ब्यवहारमा उतार्न गरेको प्रयासलाई नगर प्रमुख खरेलले धन्यवाद दिएका थिए । कार्यक्रम सभाध्यक्ष अम्बर बदाहुर तामाङ समापन गरेका थिए ।