2026 April 28/ 02:37: 15pm

    बनेपा/बनेपा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाल श्रम उन्मूलनका लागि बनेपा नगरपालिका वडा नंम्बर  १ को ईट्टभट्टा  र   वडा नम्बर  ४ मा ईट्टा पार्ने ठाँउको  अनुगमन गरेको छ । 
    बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटाको नेतृत्वमा उक्त ईट्टाभट्टामा बालबालिकाहरु प्रयोग भएका छन् की छैनन्, विद्यालय जाने उमेरका बालबालिकाहरुलाई श्रममा लगाए र विद्यालय पठाएका छन् की छैनन् भनेर अनुगमन गरिएको उपप्रमुख सापकोटाले बताईन् । विद्यालय नपठाएकोलाई तुरुन्त विद्यालय पठाउन अनुरोध गरिएको, उनिहरुलाई काममा नलगाउन अनुरोध गरिएको सापकोटाले बताईन् । नगरपालिकामा १४ वटा मध्ये ५ वटा वडालाई बालश्रम मुक्त गरिसकेको र बाँकी वडाहरुलाई आगामी चैत्र १४ गते गर्ने तयारीमा रहेको महिला बालबालिका शाखा अधिकृत विजया सुवेदीले बताईन् । 
    सबै वडामा केहि सुचकहरु मात्र पुरा हुन बाँकी रहेकाले आगमी चैत्र १४ गर्ने गरी तयारी गरिएको सुवेदीले बताईन् । अनुगमनमा ईलाका प्रहरी कार्यलयका प्रमुख ज्ञान बहादुर खड्का, बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, नगरपालिकाका राजश्व शाखा अधिकृत सुमन भुर्तेल, महिला तथा बालबालिका शाखा निरीक्षक सपना वली, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।