बनेपा/प्याब्सन काभ्रेको १५ औ जिल्ला अधिवेशन धुलिखेलमा सम्पन्न भएको छ । अधिबेशनले श्याम भुजेललाई दोश्रो पटक निर्वाचित गरेको छ । निकटतम प्रतिद्वन्द्वी महेन्द्र थिङ्गलाई पराजय गर्दै भुजेल दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
अधिबेशनले बरिष्ठ उपाध्यक्षमा सुजेन्द्र श्रेष्ठलाई निर्वाचित गरेको छ । सुजेन्द्र यसअघि उपाध्यक्ष थिए । उपाध्यक्ष पदमा बसन्त नेपाल निर्विरोध भएका छन् । सुजेन्द्र र बसन्त नेपाल निर्विरोध भए । त्यस्तै सचिव पदमा विमल न्यौपाने विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी छविरमण पराजुलीलाई पराजित गरेका थिए । कोषाध्यक्षमा अर्जुन थापा निर्विरोध भए । सहसचिव डिबिएडी पनि निर्विरोध भए । सह कोषाध्यक्षमा कृष्णसुन्दर थापा, सदस्यमा चन्द्रप्रसाद ताजपुरिया र अशोक पाण्डे निर्विरोध भएका छन् ।
अधिबेशनको उद्घाटन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले गरेका थिए । उद्घाटन सत्रमा सहभागि अतिथीहरुले निजी विद्यालयले नेपालको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान, सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा निजी विद्यालयहरुका विषय तथा आगामी दिनमा हुन सक्ने चुनौती तथा समस्याका बारेमा धारणा राखेका थिए । एकातिर जनसख्या घटिरहेको, अर्काे तिर भएको युवा विद्यार्थीको जनशक्ति विदेशिने क्रम बढेको अवस्थामा निजी विद्यालयहरुले खेल्नु पर्ने भूमिका बारेमा धारणा राखेका थिए । प्याब्सनका केन्द्रिय नेताहरु महासचिव आरपि कटुवाल, उप महासचिव भिमसेन केसी तथा केन्द्रिय पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका नेताहरु, जिल्लाका पूर्व अध्यक्षहरु तथा संचालकहरु लगायतले आगामी नेतृत्वले सबै खालका चुनौती सामना गर्न तयार हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायतले शिक्षाले समाजमा हरेक क्षेत्रको अगुवाई गर्नु पर्ने धारणा राखेका थिए । नेपालको माटो सुहाउँदो शिक्षाका लागि संस्कृति, सभ्यता, सम्पदा लगायतका विषयमा ब्यवहारीक र प्राविधिक ज्ञान आजको आवश्यकता भएको बताएका थिए । अधिबेशनको दोश्रो सत्रमा प्रस्तुत प्रतिवेदनहरु उपर छलफल पछि नेतृत्व चयनको प्रकृया शुरु हुनेछ । कार्यक्रम अध्यक्ष श्याम भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसअघि तेस्रो पालिका अधिवेशनहरुबाट बनेपा नगर प्याब्सन अध्यक्ष मित्र महेन्द्र बिष्ट, पनौती नगर प्याब्सन अध्यक्ष रामचन्द्र देउजा, पाँचखाल नगर प्याब्सन अध्यक्ष रामप्रसाद कोइराला र धुलिखेल नगर प्याब्सन अध्यक्ष मिलन आचार्यको नेतृत्व सर्वसम्मत छनौट भएको थियो । मण्डनदेउपुर नगरपालिकामा भने फोकल पर्सन नारायण सापकोटालाई तोकिएको छ ।





