बनेपा/वैदेशिक अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाईमा रहेको बनेपाको सक्सेस अब्रड स्टडिले नयाँ व्यवस्थापन सहित अत्याधुनिक प्रविधि भित्रयाएको छ । विगत ७ वर्षदेखि बनेपा तीनदोबाटोबाट विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहजीकरण गर्दै आइरहेको सक्सेसले बनेपा चारदोबाटो खसीबजारबाट सेवा शुभारम्भ गरेको हो ।
सेवा शुभारम्भ सहित शैक्षिक मेलाको उद्घाटन इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सहज र सरल तथा गुणस्तरीय सेवा प्रदान गर्न शैक्षिक परामर्श केन्द्रहरु कानूनी र ब्यवहारीक रुपमा पनि सक्षम हुँदै गएको उनले बताए । कार्यक्रममा सक्सेसका मेनेजिङ्ग डाईरेक्टर भवनाथ हुमागाईले बनेपा लगायत देशका विभिन्न स्थानबाट विद्यार्थीहरुलाई अध्ययन गर्न जान सहज र सरल वातावरणमा सेवा प्रवाह गरेको बताए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थी र अभिभावकलाई सहज बनाउन विश्वास जित्नु पर्ने बताए । कार्यक्रममा इक्यानका महासचिव लगायतका पदाधिकारीहरु, वडा अध्यक्ष हिटलर शाक्य, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
गुणस्तरीय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाईका लागि नयाँ व्यवस्थापन सहित कक्षा सुरु गरिएको सक्सेस् अब्रड स्टडी बनेपा शाखा प्रमुख शर्मिला तिमल्सिनाले जानकारी दिइन् । शैक्षिक मेलामा विभिन्न क्षेत्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो । मेलामा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गराईएको थियो । सयजना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइने शाखा प्रमुख तिमल्सिनाले बताइन् । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा दिने उनको विश्वास छ । जापानी भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिँदैछ । सक्सेस् स्टडिले जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टर क्लास समेत सञ्चालन गर्न लागिएको प्रबन्धक तिमल्सिनाले बताइन् ।
विद्यार्थी जान चाहेको देशको भाषा, संस्कृति, अवसर र चुनौतीका बारेमा पुर्व जानकारीका लागि मास्टर क्लास समेत सुरु गर्न लागिएको हो । काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेस् स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाएको शैक्षिक परामर्श केन्द्र नेपालका केन्द्रिय सचिव समेत रहेका सक्सेस् अब्रड् स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले बताए । सक्सेस् स्टडिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने बनेपा, इटहरी र जापानमा शाखा कार्यालय रहेका छन् ।





