2026 April 28/ 02:22: 37pm

   बनेपा/आजाद माध्यमिक विद्यालयलाई २०२९÷०३० एस.एल.सी समुहका विद्यार्थीहरुको सहयोगमा निर्मित चमेना गृह हस्तान्तरण गरेका छन् ।     एसएलसी समुहका अध्यक्ष शोक सुधार भैलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीलाई समुहका अध्यक्ष शोक सुधार भैलले चमेना गृहको साँचो हस्तान्तरण गरेका थिए । करिब ४ लाखमा विद्यालयमा निर्मित चमेना गृह सञ्चालन पश्चात विद्यार्थी, शिक्षकहरुलाई खाजा र खाना खानका लागी बाहिर जानुपर्ने बध्यता हट्ने अधिकारीले बताए । चमेना सञ्चालन भए सँगै नेपाल सरकार र बनेपा नगरपालिकाले लागु गरेका विद्यालय दिवा खाजाका लागी सहज भएको र सबैलाई स्वस्थ, स्वच्छ खाजा उपलब्ध हुने अधिकारीले बताए । २०२९÷२०३० एसएलसी समुहका अधयक्ष शोक सुधार भैलले समुहका ६० जना मिलेर उक्त विद्यालयमा आवश्यकता भएको चमेना गृह निमार्ण गरेको बताए । आफुले अध्ययन गरेको विद्यालयमा केहि सहयोग गरौ भन्ने उद्देश्यले आर्थिक र भौतिक सहयोग मात्रै नभई नैतिक रुपमा पनि सहयोग गर्न तयार रहेको भैलले बताए । विद्यालयका प्रध्यानाध्यापक श्याम कृष्ण मानन्धरले विद्यालयमा स्कुल बस, सुविधा सम्पन्न भवन, शौचालय, चमेना गृह, गुणस्तरीय शिक्षा रहेकाले सम्पूर्ण अभिभावकहरुलाई आजाद विद्यालयमा आफ्ना नानीबाबुहरु अध्यापन गराउन आग्रह गरेका थिए । 
    कक्षा ११ मा न्युनतम् शुल्कमा विज्ञानका कक्षाहरु, होटल ब्यबस्थापन, कम्प्युटर साईसन्स लगायतका विषयहरु अध्यापन हुने भएकाले विद्यालयमा आएर अबलोकन गर्न आग्रह गरेका थिए । जिल्लाकै अब्बल हुदै गएको उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ मा ४ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएको प्राध्यानाध्यापक श्यामकृष्ण मानन्धरले बताए । कार्यक्रम सञ्चालन समुहका सचिब प्रकाश बहादुर कायस्थले सञ्चालन गरेका थिए ।