2026 April 28/ 02:24: 10pm

         पनौती/काभ्रे इङ्गलिस माध्यमिक विद्यालय र प्याब्सन पनौती नगर कार्य समितिको संयुक्त आयोजनामा काभ्रे इङ्गलिस बोर्डिङ्गको प्राङ्गणमा प्याब्सन अन्तर विद्यालय एकल छात्र टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको छ । 
          प्रतियोगितामा जिल्लाका ३३ विद्यालयका ६६ जना विद्यार्थीहरुले भाग लिएका लिएका थिए । प्रतियोगितामा प्रथम  ज्ञान सरोवर इङ्गलिस स्कुलका सरद कर्माचार्य, द्वितीय ग्रेसल्याण्ड इङ्गलिस स्कुलका समिर कायस्थ र तृतिय गोल्डेन सिद्धार्थका कुशल खत्री भएका छन् । प्रथम हुनेलाई नगद ८ हजार सहित मेडल र प्रमाण पत्र, द्वितीयलाई नगद ६ हजार र मेडल, प्रमाण पत्र, तृतीयलाई नगद ४ हजार र मेडल तथा प्रमाण–पत्र प्याब्सन काभ्रेका अधयक्ष तथा कार्यक्रमका प्रमुख अतिथी श्याम बहादुर भुजेलले प्रदान गरेका थिए । प्रमुख अतिथी भुजेलले विद्यार्थीहरुलाई पढाईमा मात्रै नभई अन्य क्रियाकलापमा समेत सहभागी हुन अनुरोध गरेका थिए । सामुदायिक विद्यालय भन्दा निजी विद्यालयलाई घोकन्ते शिक्षा मात्रै प्रदान गर्छ भन्ने आरोप लाग्दै आएपनि प्रतिस्पर्धामा सधै निजी विद्यालय अगाडि रहदै आएको भुजेलले बताए । समय समयमा संस्थागत विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गराउदै आएको भुजलेले बताए । 
कार्यक्रममा प्याब्सन काभ्रेका उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सह कोषाध्यक्ष अर्जुन थापा, सदस्य दिपेन्द्र विष्ट, महेन्द्र विष्ट, प्याब्सन पनौती नगरका पदाधिकारी, काभ्रे ईङ्गलिस बोर्डिङ्गका प्रिन्सिपल बसन्तराज नेपाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पनौती नगर कार्य समितिका अध्यक्ष विमल न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।