2026 April 28/ 02:22: 38pm

    धुलिखेल/‘विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा फरक फरक कार्यक्रमका साथ मनाईएको छ । 
    दिवसका अवसरमा पारेर उमेर हदका कारण अवकाश भएका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई विदाई गरिएको थियो भने नियुक्ति भएकाहरुलाई स्वागत गरिएको थियो । 
    जिल्लाका १३ वटै पालिकाहरुमा स्वास्थ्य शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरे । पालिकाहरुले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई सम्मान गरे । हरेक पालिकाले ६० वर्ष उमेर भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विदाई गरेका हुन् । सोहि अवसरमा विपदका समयमा उत्कृष्ट सेवा पु¥याउने स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । बनेपा नगरपालिकाको आयोजनामा नयाँ स्वास्थ्य स्वयंसेविकालाई स्वागत तथा ६० वर्ष उमेर पुरा हुने स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरिएको थियो । उपप्रमुख विमला सापकोटा तथा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने तथा वडा अध्यक्षहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।