2026 April 28/ 01:15: 59pm

बनेपा/बनेपा नगरपालिकाले ३३ आंै अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सचेतनामूलक ¥याली सहित विविध कार्यक्रम गरेको छ । 
सचेतना ¥याली पछि नगरमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षतमा प्रर्दशन गरिएको थियोे । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले फरक क्षमता भएका ब्यक्तिहरुलाई पनि समाबेशिताका अधारमा समान गर्नुपर्ने बताए । उनिहरुलाई पनि क्षमता अनुसारको नगरपालिकाले सिप प्रदान गरेको शाक्यले बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने महिला बालबालिका शाखा प्रमुख विजया सुवेदी, अपाङ्ग महिला सघंकी उपाध्यक्ष पम्फा पुर्काेटी लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
        कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाहरु, अपाङ्गता भएका ब्यक्तिहरु लगायतको ¥यालीमा सहभागीता रहेको थियो । कार्यक्रम बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।  

धुलिखेलले ग-यो अपाङ्गता लक्षित स्वास्थ्य वीमा सम्बन्धी अभिमुखीकरण 
          धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजनामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता लक्षित स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 
         नगरप्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा अपाङ्गता परिषद्का उपाध्यक्ष दिलकृष्ण देवजुको सभापतित्वमा उक्त अभिमुखीकरण कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी अशोक ब्याञ्जुले नगरपालिकाले अपाङ्गता परिषद् गठन गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको, सिप प्रदान गरी उनिहरुले सञ्चालन गरेको उत्पादित सामानहरुलाई बजारीकरणका लगाी सहयोग गरेको, जस्तै फर्निचर, साबुन तथा सरफ, मसाला उद्योग सञ्चालन, अपाङ्गता समन्वय समिती गठन, मेयर गरिबी निवारण कार्यक्रम, अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा जस्ता कार्यहरुमा सहयोग गर्दै आएको बताए । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, अपाङ्गता भएका ब्यक्तिहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 
          कार्यक्रममा स्वागत मन्तब्य सामाजिक विकास समित संयोजक तथा ३ नम्बर वडा अध्यक्ष गणेश आचार्यले राखेका थिए भने शुभकामना मन्तब्य प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनीले राखेका थिए । कार्यक्रममा नगरपालिकाको तर्फबाट अधिकृत पुजा काफ्ले, स्वास्थ्य शाखाको शाखा प्रमुख सन्दिप केसी र स्वास्थ्य विमासम्बन्धी विमा वोर्डकी जिल्ला संयोजक मुना निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन कर्मचारी संगीता भण्डारीले गरेकी थिईन् ।