2026 April 28/ 01:14: 52pm

      बनेपा/नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संगठनको दोस्रो जिल्ला अधिबेशनबाट होमबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । 
    संगठनको उपाध्यक्षमा सुजन रायमाझी सचिव भिम कार्की कोषाध्यक्ष विदुर केसी र सदस्यहरुमा बलराम घोरसाईने, हरि रिमाल, सरस्वती बजगाई र जीवन विक रहेका छन् । अधिबेशनको उद्घाटन संगठनका केन्द्रिय महासचिव डेकनाथ गौतमले गरेका थिए । गौतमले सबै यातायात ब्यबसायीहरु एक हुनुपर्ने बताएका थिए । यातायात ब्यवसायी र मजदुरहरु वीच राम्रो सम्बन्ध रहे मात्रै सम्पुर्ण यातायात क्षेत्र सुरक्षित रहने बताए । यातायात क्ष्ोत्रमा थुप्रै समस्याहरु रहेका र आफ्नो संगठनले सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको गौतमले बताए । कार्यक्रममा संगठनका पूर्व केन्द्रिय अध्यक्ष उद्धब केसी, केन्द्रिय उप महासचिव बसन्त खत्री, सचिव आत्माराम थापा लगायतले ब्याबसायीले भोग्नु परेका समस्याका बारेमा मन्तब्य राखेका थिए ।