मण्डनदेउपुर/नव प्रतिभा ईङ्गलिस स्कूलले २३ औं वार्षिक उत्सव समारोह सम्पन्न गरेको छ ।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्वर १० चण्डेनी मण्डनमा २०५९ सालबाट विधिवत संचालनमा आएको उक्त विद्यालयको बार्षिकोत्सवमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका संस्थापक होमप्रसाद चौंलागाँईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा काभ्रे प्याब्शनका सचिव तथा बालज्योती स्कुल दोलालघाटका प्रिन्सिपल छविरमण पराजुली, पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन (भिसो) का अध्यक्ष तथा गोल्डेन फ्यूचर मा.वि.का प्राचार्य विशाल घिमिरे, पाँचखाल प्याब्शनका अध्यक्ष तथा पाँचखाल भ्यालीका प्राचार्य डिबि ऐडी, मण्डनदेउपुर प्याब्शनका अध्यक्ष तथा मण्डन भ्याली एकेडेमीका भाइस प्रिन्सिपल नारायण सापकोटा, मण्डनदेउपुरस्थित सामाजिक व्यक्तित्व तथा लिटिल स्टारका संचालक अम्बिका ठकुरी, मण्डनदेउपुर ७ का वडाध्यक्ष तथा वडा शिक्षा समिति संयोजक विष्णु पौडेलको सहभागिता रहेको थियो ।
कार्यक्रममा उव्ज्डिम कम्यूनिटी स्कुलका सूर्य ढकाल, केन्ट पब्लिक स्कुल नगरकोटका प्रिन्सिपल कमला राई लगायत मण्डनदेउपुर स्थित शिक्षा क्षेत्रका गन्यमान्य अतिथिहरुको साथमा उल्लासमय ढंगले अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयले आफ्नो २३ औं वार्षिका उत्सव समारोहको अवसर पारेर दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन समेत गरेको थियो । उत्कृष्ट वर्ष अभिभावक, उत्कृष्ट वर्ष शिक्षक, उत्कृष्ट वर्ष अनुशासन, उत्कृष्ट वर्ष सरसफाई लगायतको सम्मानहरुद्वारा विभिन्न व्यक्तिहरुको सम्मान गरेको थियो । नर्सरीदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थानको पुरस्कार वितरण गरिएको थियो ।





