2026 April 28/ 01:02: 42pm

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले चालु वर्षको बजेटबाट सीपमुलक तालिम संचालन गरेको छ । वडा क्षेत्र भित्र रहेका १८ जना महिलाहरुले पाँच प्रकारका अचार बनाउने तालिम लिएका छन् । वडा अध्यक्ष उत्तम तिमल्सिनाले सीपमुलक तालिम ब्यवसायीक रुपमा आय आर्जन गराउने उदेश्यले संचालन गरिएको बताए । 
    चिकेन (कुखुराको मासु), टिमुर, अकवरे खोर्सानी, अमला र लप्सीको अचार बनाउने तालिम उपलब्ध गराईएको हो । पाँच दिनसम्म संचालन हुने उक्त तालिमले ब्यवसायीक रुपमा महिलाहरुलाई अघि बढाउन सहज हुने वडा अध्यक्ष तिमल्सिनाले बताए । तालिम प्रशिक्षक सुनेना श्रेष्ठले महिलाहरुले ब्यवसायीक रुपमा तयार गरिएको अचार बजारीकरणमा समेत सहयोग गर्ने बताईन् । ‘बजारीकरण, लेभलिङ्ग र ब्रान्डिङ्गका लागि वडा कार्यालयले समेत आवश्यक समन्वय गर्नेछ’–वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले भने–‘गत वर्ष ड्राईभिङ्ग लगायतका तालिमहरु प्रदान गरिएको थियो । यो वर्ष विशेषगरी महिलाहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।’