बनेपा/पतंजलि योग समिति काभ्रेको आयोजना तथा जनज्योती योग साधना केन्द्रको संयोजनमा बनेपा न. पा. वडा नं. १० जनागालस्थित जनज्योती योग साधना केन्द्रमा १५ दिने सहयोग योग प्रशिक्षण शुरु गरिएको छ ।
प्रशिक्षणको उद्घाटन पतंजलि योग समितीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले गरेका थिए । तौजले स्वस्थ समाज निर्माणको लागी जन स्तरमा योग शिक्षा पू¥याउनु पर्ने र यसको लागी आफुले सिकेका योग ध्यान साधनालाई निरन्तरता दिई समाजमा सकारात्मक सन्देश दिन प्रशिक्षकहरुसँग आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पतंजलि योग समिती काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठले गरेका थिए भने उद्घोषण महामन्त्री श्याम कुमार श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष ईन्दिरा तौजलेले गरेकी थिईन् भने उक्त प्रशिक्षणमा ६० जना भन्दा बढी प्रशिक्षकहरुले तालिम लिई रहेका छन् । प्रशिक्षणण मंसिर ३ गते वाट शुरु भई १५ दिन सम्म सञ्चालन हुने छ ।
त्यसैगरी यही मंसिर ६ गतेबाट नालाको काशिभन्ज्याङ्गमा, मंसीर ९ गतेबाट पनौति नगरपालिकाको मुक्तिनाथ योग केन्द्रमा १५ दिने सहयोग प्रशिक्षण प्रारम्भ हुने संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिएका छन् ।





