2026 April 28/ 12:50: 15pm

पनौती/बन्जारा बन्जाडे समाज काभ्रे जिल्ला कार्य समितिको दोस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । पनौतीमा आयोजना गरिएको कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता रहेका थियो ।
कार्यक्रममा विशेष अतिथी बन्जारा बन्जाडे समाजका केन्द्रिय अध्यक्ष गिता तिमल्सिना बन्जारा, केन्द्रिय उपाध्यक्ष तारा बन्जाडे, संस्थापक केन्द्रिय अध्यक्ष अर्जुन प्रसाद बन्जारा, संरक्षक रामकुमार बन्जारा, केन्द्रिय महासचिव दिपेन्द्र कुमार शर्मा बन्जारा, केन्द्रिय कोषाध्यक्ष राजकुमार बन्जारा, केन्द्रिय सचिवालय सदस्यद्वय हिरालाल बन्जारा र पदमलाल बन्जारा लगायतको उपस्थिती रहेको थियो । 
बागमती प्रदेश अध्यक्ष माधव बन्जारा, केन्द्रिय सदस्यहरु निर्मल बन्जारा, भोज बहादुर बन्जारा, भरत बन्जारा, केन्द्रिय सल्लाहकार प्रल्हाद केसी बन्जारा, केशव बनजारा लगायत पुर्व केन्द्रिय सदस्यहरु, साँस्कृतिक विभाग केन्द्रिय सदस्य सुशिला बन्जाडे, काठमाडौं जिल्ला अध्यक्ष मनोहर बन्जाराको उपस्थिती रहेको थियो । कार्यक्रममा तत्कालिन सचिव देशराज बन्जाराको अध्यक्षता रहेको थियो ।
अधिवेशनबाट बनेपाका शिवप्रसाद बन्जाराको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति निर्वाचित भएको छ । उपाध्यक्षमा देशराज बन्जारा, सचिवमा केशव बन्जारा, कोषाध्यक्षमा बाँसबारीका बेदप्रसाद बन्जारा निर्वाचित भएका छन् । सदस्यमा समिता बन्जारा, त्रिलोचन केसी बन्जारा, गोकुल बन्जारा, राजकुमार बन्जारा, उत्तम बन्जारा, रेश्मा चौंलागाँई बन्जारा र सावित्री बन्जारा निर्वाचित भएका छन् । सल्लाहकारमा भीमसेन केसी बन्जारा, रामकृष्ण बन्जारा र रामगोपाल बन्जारा चयन भएका छन् ।