संकलित राजश्व मध्ये जिल्लाका १३ वटा स्थानीय तहमा ५ करोड ५२ लाख ६२ हजार ५ सय २७ रुपैया र प्रदेश सरकारले ७ करोड ९४ लाख २८ हजार ७ सय ९० रुपैया प्राप्त गरेका छन् ।
धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको तीन महिनामा २ हजार थान लिखत पारित गरी २१ करोड ७१ लाख २० हजार ९ सय ९५ रुपैया राजश्व असुली गरेको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले तीन महिना अर्थात साउन, भाद्र, असोज महिनाको प्रथम त्रैमासिक प्रगति समिक्षाको प्रतिवेदन सार्वजनि गर्दै मालपोत कार्यालय काभ्रेपलाञ्चोकले गरेका सेवाका बारेमा जानकारी गराएको हो ।
‘हरेक महिना कार्यालयले दिएको सेवाका बारेमा सूचना प्रकाशन गर्नेछौं’–सूचना अधिकारी मालपोत अधिकारी रोशन केसीले भने–‘प्रथम त्रैमासिकको प्रगति समिक्षा सहितको प्रतिवेदन सार्वजनिक गरेका छौं ।’ मालपोत कार्यालय काभ्रेवाट प्रवाह गरिने सेवा र उक्त सेवा प्रवाह गर्दा लाग्ने दस्तुरका सम्वन्धमा कार्यालयले नागरिक वडापत्र तथा कार्यालयको वेवसाईट, फेसबुक पेज तथा विभिन्न माध्यमबाट जानकारी गराएको बताएको छ ।
४१ जना दरवन्दी रहि त्यति नै संख्यामा कर्मचारी कार्यरत रहेको मालपोत कार्यालय काभ्रेले रजिस्ट्रेशन शुल्क बापत १३ करोड ४६ लाख ढ१ हजार ३ सय १८ रुपैया राजश्व संकलन गरेको छ । लाभकर ७ करोड ८६ लाख १३ हजार ४ सय २८ रुपैया र आयकर ३८ लाख १६ हजार २ सय ४९ रुपैया गरी कुल ८ करोड २४ लाख २९ हजार ६ सय ७७ रुपैया संकलन गरेको छ । सबै प्रकारको राजश्व गरी २१ लाख ७१ हजार २० हजार ९ सय ९५ रुपैया संकलन गरिएको सूचना अधिकारी रोशन केसीले बताए । स्थानीय र प्रदेश सरकारलाई प्राप्त राजश्व बाँडफाँड हुनेछ भने केहि राजश्व संघ सरकारलाई पनि प्राप्त हुनेछ ।
प्रदेश सरकारले प्राप्त राजश्वको ५ करोड ५२ लाख ६२ हजार ५ सय २७ रुपैया र प्रदेश सरकारले ७ करोड ९४ लाख २८ हजार ७ सय ९० गरी कुल १३ करोड ४६ लाख ९१ हजार ३ सय १८ रुपैया बाँडफाँड गरिएको छ । प्राप्त रावश्वको बाँकी रकम संघ सरकारको खातामा जम्मा हुनेछ । प्रथम त्रैमासिक भित्रको अवधीमा जिल्लामा मोहिको लगत कट्टा २ जनाको भएको छ । मोहिको नामसारी ७ जनाको भएको छ । नामसारी पारित संख्या २ सय १४ रहेको छ भने जम्मा दाखिला तथा संशोधन २ सय २ थान भएको छ ।





