बेथान्चोक/अविरल वर्षात र त्यसले पारेको असरबाट नागरिकहरु संकटमा परिरहेका बेला बेथान्चोक गाउँपालिका वडा नम्वर ३ स्थित दमार क्षेत्रका लागि काठमाडौ जेसीजले बेथान्चोक जेसीजको समन्वयमा खानेपानी पाईप उपलब्ध गराएको छ । असोज १०–१२ मा परेको वर्षातका कारण बेथान्चोक गाउँपालिकाका विभिन्न क्षेत्र तहसनहस भएका छन् । जसका कारण स्थानीयहरुले खानेपानी समेत सहज प्राप्त गर्न सकेका थिएनन् ।
योगदान फाउण्डेशन नेपाल र कम्पेन्सेसन नेपाल प्रालीको संयुक्त सहयोगमा ४ हजार २ सय मिटर खानेपानीको पाईप र १ सय ६० थान त्रिपाल उपलब्ध गराएको जेसीज बेथान्चोकका अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले बताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष कुवेर ढकाल लगायतलाई सहयोगी संस्थाका प्रतिनिधिहरुले उक्त सामाग्री हस्तान्तरण गरेका थिए । काठमाडौ जेसीज अध्यक्ष एन्जिला खड्का, कोषाध्यक्ष कन्चन थापा, बेथान्चोक जेसीज अध्यक्ष मोहनकृष्ण तिमल्सिना, संस्थाका प्रतिनिधि नारायण घिमिरे लगायतले बेथान्चोक गाउँपालिकामा सहयोग गर्न पाउँदा खुशी भएको भाव ब्यक्त गरे ।
सोहि अवसरमा स्थानीय समाजसेवी तथा पुर्व जनप्रतिनिधि ज्ञानप्रसाद तिमल्सिना, नेपाली काँग्रेसका नेता इन्द्रमणी अधिकारी, तिर्थ पसखल, रविन शाक्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सदस्य बासु तिमल्सिनाले संचालन गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विपदमा सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।





